अन्तराष्ट्रिय

चिनियाँ सञ्चारमाध्यमको दावी: सगरमाथा चीनमा पर्छ

चिनियाँ सञ्चारमाध्यमको दावी: सगरमाथा चीनमा पर्छ

काठमाडौं । एक चिनियाँ सञ्चार माध्यमले सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गरेको छ । नेपालको सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गर्दै सामाजिक सञ्जाल ट्वीटरमा चार तस्वीर सार्वजनिक गरेपछि त्यसको विरोध सुरू भएको छ । नेपाली भूमि लिपुलेक मिचेर भारतले सडक विस्तार गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला चीनको एक सञ्चारमाध्यमले नेपालको सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूभागमा पर्ने उल्लेख गरेपछि सामाजिक सञ्जालमा विरोध सुरू भएको हो । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले गरेको ट्वीट https://twitter.com/CGTNOfficial/status/1256548993447886848?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1256548993447886848&ref_url=https%3A%2F%2Fwww.khabarhub.com%2F2020%2F10%2F162809%2F सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई…
Read More
चीनमा जिउँदै गाडिएकी महिलाको तीन दिनपछि उद्धार !

चीनमा जिउँदै गाडिएकी महिलाको तीन दिनपछि उद्धार !

बेइजिङ । उत्तरी चीनमा गाडिएको तीन दिन पछि एक महिलाको जीवितै उद्धार गरिएको छ । प्यारालाइसिस पीडित आफ्नै आमालाई छोराले जिउँदै गाडेका थिए । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आरोपीले आफ्नी आमालाई जिउँदै चिहानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी डराएको अवस्थामा जीवित उद्धार गरिएको जनाइएको छ । प्रहरीले आमालाई गाड्ने छोरालाई नियन्त्रणमा लिएर उनीविरुद्ध हत्या प्रयासको मुद्दा दर्ता गरेको छ । आरोपीकी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वीलचेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो । घटना शांक्सी प्रान्तको जिंगबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आरोपीको पहिचान…
Read More
सडक हामी आफ्नै भूमिमा बनाएका छौं: भारत (विज्ञप्तिसहित)

सडक हामी आफ्नै भूमिमा बनाएका छौं: भारत (विज्ञप्तिसहित)

काठमाडौं । भारतले तिब्बतको मानसरोबर जोड्न बनाइएको सडक आफ्नै भूमिमा बनाएको बताएकाे छ। नेपालले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको भन्दै चासो जनाएपछि भारतले एक विज्ञप्ति निकाली उक्त सडक आफ्नै भूमिमै बनाएको बताएकाे हाे। भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति निकाल्दै सडक भारतीय क्षेत्रमा नै बनेको बताएकाे छ। ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ’ वक्तव्य भनेको छ । नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको…
Read More
के गुगल म्यापमा जम्मू-कश्मीरबाट नियंत्रण रेखा हटाइएकाे हाे?

के गुगल म्यापमा जम्मू-कश्मीरबाट नियंत्रण रेखा हटाइएकाे हाे?

दिल्ली । हालैकाे दिनमा जम्मू र कश्मीरकाे भूगोलबाट नियंत्रण रेखा हटाइएकाे गुगल म्यापकाे तस्बिर समाजिक सञ्जालमा भाइरल भइरहेकाे छ। भारतमा केही इन्टरनेट प्रयाेगकर्ता यसलाइ सुखद क्षण भएकाे बताएका छन्। सरल शब्दमा भन्नुपर्दा अहिलेकाे अवस्थामा गुगल म्यापमा नियंत्रण रेखा (एलओसी) को मानचित्र हटाइएकाे छ। जम्मू र कश्मीर (पाकिस्तानकाे कब्जा वाला कश्मीर सहित) काे पूरै राज्यकाे नक्शामाथिकाे एलओसी उल्लेख नगरिएकाे अवस्थामा तस्बिर बाहिर अाएकाे छ। संशोधित मानचित्र, जुन भारतकाे घोषित स्थितिअनुसार छ (संपूर्ण जम्मू र कश्मीर भारतकाे एक अभिन्न तथा अविभाज्य हिस्सा रहेकाे छ)। तथ्य-जाँचकाे वेबसाइट फ्याकल्टि, विकासमाथि रिपोर्टिंग गर्दै भने कि गुगलमा देखिने नक्शा विभिन्न भौगोलिक स्थानअनुसार अनुकूलित गरिएकाे छ। “विवादित…
Read More
ट्रम्पको चेतावनी : डब्लूएचओ चीनको कठपुतली हो, यसबारे म छिट्टै निर्णय गर्छु !

ट्रम्पको चेतावनी : डब्लूएचओ चीनको कठपुतली हो, यसबारे म छिट्टै निर्णय गर्छु !

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बारे छिट्टै घोषणा गर्ने चेतावनी दिएका छन् । डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै ट्रम्पले शुक्रबार अब छिट्टै उसबारे घोषणा गर्ने जनाएका हुन् । ट्रम्पले यसअघि पनि डब्लूएचओमाथि यस्तै आरोप लगाएका थिए । उसले चीनका लागि काम गरिरहेको बताएका थिए । चीनको पक्ष लिएर अमेरिका र अन्य देशलाई गलत सुझाव दिएको भन्दै डब्लूएचओलाई दिने अनुदान रोक्ने ट्रम्पले यसअघि नै चेतावनी दिएका थिए । ‘मलाई विश्वास छैन कि, यो उद्देश्यसाथ गरिएको थियो । तर यो असक्षमताको रुपमा बाहिरियो । र उनीहरुलाई कसरी कुरा गर्ने नै थाहा भएन,’ ट्रम्पले यही शुक्रबार फक्स न्युजसँगको…
Read More
काेराेनाकाे असर: अमेरिकामा २ कराेड मानिसले गुमाए जागिर

काेराेनाकाे असर: अमेरिकामा २ कराेड मानिसले गुमाए जागिर

काठमाडाैँ। कोरोना महामारीका कारण अमेरिकामा २ कराेडभन्दा बढी मानिस बेरोजगार बनेका छन् । महामारीका कारण अमेरिकामा बेराजगारी दर १४.७ प्रतिशत पुगेको बीबीसीले उल्लेख गरेकाे छ । अमेरिकामा सन् १९३० को महामारीपछि याे नै सबैभन्दा दयनीय स्थिति भएकाे बताइएकाे छ। दुई महिनाअघिसम्म अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेराजगारी दर बढ्ने पहिल्यै आशंका गरिएको बताउँदै अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेकाे बताएका छन् ।
Read More
लिपुलेक हुँदै मानसरोवर जाने बाटाेकाे भारतीय रक्षामन्त्रीद्वारा उद्घाटन

लिपुलेक हुँदै मानसरोवर जाने बाटाेकाे भारतीय रक्षामन्त्रीद्वारा उद्घाटन

काठमाडौँ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् । सिंहले भारतको भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका हुन् । सिंहले उक्त सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिएका छन् । सिंहले ट्वीट गर्दै बीआरओले सीमा जोड्नको लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् । भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि…
Read More
काेराेनासँग सम्बन्धित विश्व स्वास्थ्य संगठनले बाहिर ल्यायो १४ सत्य

काेराेनासँग सम्बन्धित विश्व स्वास्थ्य संगठनले बाहिर ल्यायो १४ सत्य

काठमाडौँ । लाखौं मानिस संक्रमित र हजारौं मानिसको ज्यान जाने गरी फैलिएको कोरोना भाइरसका वारेमा बजारमा अहिले विभिन्न आकलनहरु गरिएका छन् । बास्तविक तथ्य बाहिर ल्याउन नसकिएकाल अहिले विभिन्न हल्लाको भरमा विश्वास गर्नु परिरहेको छ । मदिर सेवनदेखि तातोपानीले नुहाउँदा सम्म भाइरस पर्छ भन्ने गलत अफवाह फैल्याइएको छ । यी सबै अफवाह भएको यथार्थ नभएको भन्दै विश्व स्थास्थ्य संगठनले यो वारेमा १४ यथार्थ वाहिर ल्याएको छ । ती १४ यथार्थलाई यहाँ प्रस्तुत गरिएको छ । १. कोरोना गर्मी वातावरणमा फैलिन्छ भन्ने कल्पना मात्र हो । कोरोनाभाइरस जुनसुकै वातावरणमा फैलिन्छ । यसको लागि तातो वातावरण हुनु जरुरी छैन । डब्लुएचओले वातावरणमा…
Read More
कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड दिने सरकारको घाेषणा

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड दिने सरकारको घाेषणा

एजेन्सी। भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ। केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडार्इँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाईमा सक्रिय भएको उल्लेख गरेका छन्। मुख्यमन्त्री केजरीवालले उनको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उनको परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेखेका छन्।
Read More
कोरोना उपचारमा संलग्न तीन चिकित्सकले अस्पतालको झ्यालबाट हाम फाले

कोरोना उपचारमा संलग्न तीन चिकित्सकले अस्पतालको झ्यालबाट हाम फाले

एजेन्सी । कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचारमाध्यमहरुले बताएका छन्। ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो। विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ। रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन्। चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरे जागिरबाट हटाउने धम्की दिने गरिएको चिकित्सकहरूको भनाइ छ। समाचारहरूमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.