सरकारको कमजोरी सार्वजनिक गरेको भन्दै भारतमा ६ पत्रकार विरुद्ध जाहेरी दर्ता
नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमण रोक्न लागू गरिएको लकडाउनको समयमा हिमाञ्चल प्रदेशका मजदुरहरुको समस्या सार्वजनिक गरेको भन्दै राज्य सरकारद्वारा ६ जना पत्रकार विरुद्ध जाहेरी दर्ता भएको छ। राज्य सरकारको प्रशासनिक कमजोरी सार्वजनिक गरेको आरोपमा ६ जना विरुद्ध दुई महिनामा १४ एफआईआर दर्ता भएको ‘द वायर’ ले जनाएको छ। हिमाञ्चल प्रदेशको अखबार ‘दिव्य हिमाचल’का ३८ वर्षीय संवाददाता ओम शर्मा विरुद्ध राज्य सरकारले अहिलेसम्म ३ एफआईआर दर्ता गरेको छ। उनीमाथि पहिलो जाहेरी २९ मार्चमा सोलन जिल्लाको बद्दीमा प्रवासी मजदुरले गरेको विरोध प्रर्दशन सामाजिक सञ्जाल फेसवुकमा लाइभ गरेको आरोपमा दर्ता गरिएको थियो। सो फेसवुक लाइभ भाइरल भएपछि यसलाई सनसनी बनाएको र फेक…