अन्तराष्ट्रिय

उडेको केहिबेरमै विमान दुर्घटना

उडेको केहिबेरमै विमान दुर्घटना

एजेन्सी । क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । सीबीसी टेलिभिजनका अनुसार आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार अर्का घाइते पाइलटको उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार लडाकू विमान विमानस्थलबाट उडेको केही छिनमै आवासीय क्षेत्रमा खसेको थियो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त घटनाबाट आफू दुःखी भएको बताए ।
Read More
बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा सतर्कता अपनाउन आह्वान

बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा सतर्कता अपनाउन आह्वान

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ । चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ । विभागले पूर्वसूचना जारी गर्दै भनेको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २–३ दिनसम्म देशैभरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन…
Read More
२८ वर्षीय पाकिस्तानी चिकित्सकलाई अमेरिकी अदालतद्वार आतंकवादी ठहर

२८ वर्षीय पाकिस्तानी चिकित्सकलाई अमेरिकी अदालतद्वार आतंकवादी ठहर

वाशिङटन । एक पाकिस्तानी डाक्टरलाई अमेरिकी अदालतले आतंकवादमा सहभागी भएको भन्दै दोषी ठहर गरेको छ । मुहम्मद मसूद आइएसआइएसको सम्पर्कमा रहेको र अमेरिकामा आक्रमण गर्न चाहेको अदालतले निर्णय गर्दै दाेषी ठहर गरेकाे हाे। मिनियापोलिस सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च १९ मा मसूदलाई गिरफ्तार गरिएको थियो । १९ मार्चमा मसूद रचेस्टरबाट मिनियापोलिसको सेन्ट पल विकानस्थल पुगेका थिए त्यहाँबाट लस एन्जल्स जान लागेका बेला विमानस्थलमा एफबीआइको ज्वाइन्ट टेरोरिजम टास्क फोर्सले पक्राउ गरेको थियो उनी एच वन बी भिसामा अमेरिका गएका थिए । उनी रचेस्टरको एक मेडिकल क्लिनिकमा रिसर्च कोअर्डिनेटरको रुपमा कार्यरत थिए । अदालतमा पेश गरिएका दस्तावेजका अनुसार मसूदले जनवरीदेखि मार्चसम्म कैयौं…
Read More
छोराछोरीको भोको पेट भर्न ‘ढुंगा’ नै पकाउने अवस्थामा पुगेपछि यी महिला !

छोराछोरीको भोको पेट भर्न ‘ढुंगा’ नै पकाउने अवस्थामा पुगेपछि यी महिला !

एजेन्सी- ‘ढुंगाको खिचडी’ कथा तपाईंहरु सबैलाई थाहा होला । एउटा लोभी बुढीलाई एउटा चलाख बटुवाले ढुंगाको खिचडी पकाउछु भनेर एक-एक सामग्री माग्छ र खिचडी पकाएर खान्छ। यो त एउटा कथा थियो- ढुंगाको खिचडी पकाएको । तर, केन्यामा एक महिलाले छोराछोरीको भोको पेट भर्न वास्तविकतामै ढुंगा पकाएको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ । कोरोना भाइरसको महामारीका कारण कामधन्दा ठप्प भएपछि छोराछोरीको भोको पेट भर्न उनले ‘ढुंगा’ पकाएको जनाइएको छ । पेनिना बहाती कित्साओ नामकी विधवा महिला ८ बच्चाकी आमा हुन् । उनी अन्य मानिसको घरमा गएर कपडा धोएर आफ्ना बच्चाहरुलाई पाल्दै आएकी थिइन् । उनले भनिन्, ‘लकडाउनले गर्दा सबै काम…
Read More
कोरोना भाइरस: ट्रम्पले भने ‘खोप होस् वा नहोस्’ अमेरिका खुल्छ

कोरोना भाइरस: ट्रम्पले भने ‘खोप होस् वा नहोस्’ अमेरिका खुल्छ

वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरूद्धको खोप तयार भएपनि नभएपनि अमेरिका खोल्ने वाचा गरेका छन्। उनले कोरोनाविरूद्धको खोप वर्षको अन्तसम्म बनाइसक्ने उदेश्य रहेको बताउँदै यस्तो बताएका हुन्। ट्रम्पले वैज्ञानिकहरुलाई यस वर्षको अन्तसम्म कोरोना भाइरस खोप तयार पार्ने हिसाबले गति बढाउन भनेका छन्। तर, विज्ञहरूले खोपको सफल परिक्षण गर्न १८ महिनाभन्दा बढी लाग्न सक्ने बताउँदै आएका छन्। ट्रम्पले कोरोना विरूद्धको खोप योजनालाई दोश्रो विश्वयुद्धको बेलामा अमेरिकाले संसारको पहिलो आणविक बम बनाउँदाको 'अपरेसन र्‍याप स्पीड' योजनासँग तुलना गरेका छन्। तर, ट्रम्पले खोप नबने पनि अमेरिकीहरू सामान्य जीवनमा फर्किनुपर्नेमा जोड दिए। शुक्रबार ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले खोप निर्माण योजना…
Read More
‘नेपालले अन्य मुलुककाे इशारामा लिपुलेकको मुद्दा उचाल्यो’

‘नेपालले अन्य मुलुककाे इशारामा लिपुलेकको मुद्दा उचाल्यो’

काठमाडौं । भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको आरोप लगाएका छन् । उनले भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै खनेको दाबीसमेत गरेका छन् । भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले गरेको एक कार्यक्रममा बोल्दै प्रधानसेनापति नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको दाबी गर्दै नाम नलिइकन नेपालले चीनको निर्देशनमा विरोध गरेको जिकिर गरेका हुन्। उनले भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका छन् । उनले अहिले यो विवाद निस्किनुमा नेपाललाई…
Read More
फिलिपिन्समा समुद्री आँधी, डेढलाख मानिस प्रभावित

फिलिपिन्समा समुद्री आँधी, डेढलाख मानिस प्रभावित

काठमाडाैँ। फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीकाबीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन थालेका छन् । भोङफोङ नाम दिइएको उक्त समुद्री आँधीले बिहीबार पूर्वी सामार प्रान्तको तटीय इलाकामा व्यापक असर पारेको थियो । फिलिपिनी जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुका अनुसार यो आँधी निकै घना बस्ती भएको उत्तरी लुजोन द्विपतर्फ बढेको छ । आँधीको उच्चतम वेग १२५ किलोमिटर प्रतिधण्टामा झरेको छ । शुरुमा यो आँधीको बेग १६५ किलोमिटर प्रतिघण्टा थियो । मौसम पूर्वानुमान विभागले यस आँधीको वेग केही…
Read More
अमेरिकामा कोरोना भाइरसले मृतककाे संख्या ८६ हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरसले मृतककाे संख्या ८६ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख १६ हजार ७२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ५२ हजार २० जनामध्ये १६ हजार २४० जनाको अवस्था गम्भीर रहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा…
Read More
काराेना जस्तै अर्को महाव्याधि आउन सक्ने चेतावनी!

काराेना जस्तै अर्को महाव्याधि आउन सक्ने चेतावनी!

एजेन्सी । अर्को महाव्याधि अमेजनको वर्षावनबाट आउन सक्ने चेतावनी ब्राजिलका पर्यावरणविद् डेभिड लापोलाले दिएका छन् । वन्यजन्तुको वासस्थानमा मानिसले अतिक्रमण गर्दा कोरोनाभाइरस फैलिएजस्तै अमेजनमा तीव्र गतिको वनफँडानीका कारण महाव्याधि आउने सम्भावना रहेको उनको भनाइ छ । अनुसन्धाताहरूले जंगल क्षेत्रलाई शहरीकरण गर्दा पशुबाट मानिसमा सर्ने रोगहरू उत्पन्न हुने बताएका छन् । अहिलेको कोरोनाभाइरस पनि चमेरोमा उत्पन्न भएर अर्का प्रजाति हुँदै मानिसमा सरेको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् । लापोला भविष्यमा उष्ण क्षेत्रका जंगलको पारिस्थितिकीय प्रणालीमा मानिसको कस्तो प्रभाव पर्छ भन्ने विषयको अध्ययन गरिरहेका छन् । अमेजन जंगलमा चीनको हुबेई प्रान्तकै जस्तो प्रक्रिया हुने देखिएको उनको मत छ । ‘अमेजनमा भाइरसको…
Read More
लकडाउनको मारमा ‘सेक्स वर्कर’, भन्छन्-‘विवाहित पुरुष आउनै छोडे’

लकडाउनको मारमा ‘सेक्स वर्कर’, भन्छन्-‘विवाहित पुरुष आउनै छोडे’

काठमाडौं - कोरोना महामारीका कारण विश्वभरका मानिसहरु आक्रान्त छन्। विभिन्न देशमा गरिएको लकडाउनका कारण मानिसहरु घरमै बस्न बाध्य छन्। सानातिना व्यापारीदेखि ठूला उद्योगीहरु समेत यसको मारमा परेका छन। यसको मारमा यौन व्यावसायी समेत परेका छन्। एक नाइजेरियाली सेक्स वर्कर भन्छिन्, ‘कोरोना भाइरसका कारण लागेको लकडाउन मेरो जीवनमा एउटा दुःख बनेर आएको छ ।’ उनी उत्तरी नाइजेरियाको मुस्लिम बहुल राज्य कानोमा बस्छिन् । त्यहाँ १ महिनादेखि लकडाउन जारी छ । कसैलाई घरबाट निस्कन अनुमति छैन । सबैले सोमबार र बिहीबार १० देखि ४ बजेसम्म खानेकुरा किन्ने अनुमति दिइन्छ । मुस्लिम समुदायलाई रमजानको समयमा नमाज पढ्न भेला हुनसमेत दिइएन । आयशा ९परिवर्तित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.