‘नेपालले अन्य मुलुककाे इशारामा लिपुलेकको मुद्दा उचाल्यो’

काठमाडौं । भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको आरोप लगाएका छन् । उनले भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै खनेको दाबीसमेत गरेका छन् ।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले गरेको एक कार्यक्रममा बोल्दै प्रधानसेनापति नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको दाबी गर्दै नाम नलिइकन नेपालले चीनको निर्देशनमा विरोध गरेको जिकिर गरेका हुन्।

उनले भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका छन् । उनले अहिले यो विवाद निस्किनुमा नेपाललाई कसैले उचालेको उल्लेख गरे । यद्यपि उनले तेस्रो मुलुकको नाम भने उल्लेख गरेका छैनन् ।

नरभानेले शुक्रबार नेपालले आफ्नो भूभाग महाकाली नदीको पूर्वतर्फ भएको बताउँदै आएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चिमतर्फ रहेको दाबी गरेका छन् । यस्तोमा विवाद निकाल्नुपर्ने कुनै पनि कुनै कारण नरहेको उनको भनाइ छ । नेपालले यो विषय कसैको इशारामा उचालेको हुन सक्ने सम्भावना ठूलो रहेको उनले दाबी गरे ।

भारतले गत साता नेपाली भूमि हुँदै जाने ८० किलोमिटरको बाटो उद्घाटन गरेको थियो । नेपाली भूमिमा बाटो निर्माण गरेसँगै नेपालले आपत्ति प्रकट गरे पनि भारतले भने सडक आफ्नै भूमिमा बनेको भन्दै दाबी गर्दै आएको छ । यस विषयलाई लिएर नेपालमा आक्रोश फैलिएको छ । स्रोतः द हिन्दू

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.