कोभिड–१९ को उत्पति बारे छानवीनका लागि १ सय २४ देशको मोर्चाबन्दी
काठमाडाैँ । १२४ वटा राष्ट्रहरूको विश्वव्यापी गठबन्धनले कोभिड –१९ भाइरसको उत्पतिको बारेमा स्वतन्त्र अनुसन्धानका लागि अष्ट्रेलियाको प्रयासलाई समर्थन गरेको छ। कोरोनाभाईरसको मूलको छानवीनको लागि प्रस्ताव गरिएको यसको उत्पत्ति र प्रसारकोको बारेमा एक अर्कामाथि दोषारोपण गर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरिएको छ । सो प्रस्तावलाई अष्ट्रेलिया, अल्बानिया, बेलारूस, बंगलादेश, भुटान, ब्राजील, चिली, क्यानडा, कोलम्बिया, डोमिनिकन रिपब्लिक, जिबूती, अल साल्भाडोर, इक्वेडर, गुयाना, ग्वाटेमाला, भारत, आइसल्याण्ड, इन्डोनेसिया, जापान, मलेसियालगायतले समर्थन जनाएको छ । त्यस्तै, माल्दिभ्स, कजाकिस्तान, मोनाको, मेक्सिको, न्यूजील्याण्ड, मोन्टेनेग्रो, नर्वे, पराग्वे, उत्तर म्यासेडोनिया, कतार, पेरू, मोल्दोभा गणराज्य, कोरिया गणराज्य, सान मारिनो, रूसी संघ, अफ्रिकी समूह र यसको सदस्य देशहरू, साउदी अरेबिया,…