अन्तराष्ट्रिय

प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबीच अमेरिकाद्वारा भानुआतुमा राजदूतावास स्थापना

प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबीच अमेरिकाद्वारा भानुआतुमा राजदूतावास स्थापना

काठमाडौँ । अमेरिकाले भानुआतुमा राजदूतावास स्थापना गरेको छ । प्रशान्त महासागरीय क्षेत्रमा चीनको बढ्दो प्रभावबीच अमेरिकाले उक्त टापु राष्ट्रमा राजदूतावासको स्थापना गरेको हो । अमेरिकी विदेश मन्त्रालयले त्यस क्षेत्रमा कूटनीतिक उपस्थिती विस्तार गर्न एवम् प्रशान्त क्षेत्रका अन्य मुलुकहरुसँग थप सहकार्य गर्नका लागि राजदूतावास स्थापना गरेको जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले यसअघि सो क्षेत्रमा रहेका सोलोमन आइल्याण्ड र टोङ्गामा राजदूतावास स्थापना गरेको थियो । त्यसबाहेक प्रशान्त क्षेत्रमा रहेको अर्को मुलुक किरिबासमा पनि राजदूतावास स्थापना गर्ने योजना रहेको विदेश मन्त्रालयले जनाएको छ । किरिबासमा राजदूतावास स्थापनाका लागि संसदीय स्वीकृतिको पर्खाइमा रहेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । गत…
Read More
चीनमा नेपाली युवतीको तस्करी : विवाह र विलासी जीवनको आसमा नरकको बास

चीनमा नेपाली युवतीको तस्करी : विवाह र विलासी जीवनको आसमा नरकको बास

चिनियाँ ठगी गिरोह र नेपाली दलालहरूको फन्दामा परी कैयौं नेपाली महिला तथा युवतीहरू चीनका विभिन्न ठाउँमा बेचबिखन हुने गरेका छन् । नेपाली मानव तस्करी गिरोहद्वारा चिनियाँ पुरूषसँग विवाहको प्रलोभनमा पारेर यस्तो बेचबिखन हुने गरेको हो । विवाहपछि चिनियाँ पुरूषबाट मानसिक, शारीरिक यातना र यौन शोषणको सिकारसमेत भएको ती युवतीहरूको पीडादायी विवरण बाहिरिएको छ । यसले नेपाली महिला र युवतीहरूको पीडाका साथै उनीहरूलाई चीनमा कसरी यौन शोषण गर्न बाध्य पारिएको छ भन्ने कुरालाई उजागर गरेको छ । सम्झना : निम्न मध्यम वर्गीय परिवारबाट आएकी सम्झनाले उच्च शिक्षा सकेपछि ठमेलको एउटा क्याफेमा काम गर्न थालिन् । काम गर्दागर्दै एक चिनजानको मन्छेले उनलाई…
Read More
भारतले नेपाललाई सात सय करोड अनुदान दिने

भारतले नेपाललाई सात सय करोड अनुदान दिने

काठमाडौं । भारतले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२४/०२५को बजेट संसद्‍मा प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् । वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ। छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । त्यस्तै भारतको आगामी बजेटमा मालदिभ्सलाई ४ सय करोड, म्यानमारलाई २ सय ५०…
Read More
कूटनीतिक तनाव बढेपछि चिनियाँ लगानीकर्ताहरुले धमाधम बिक्री गर्न थाले अमेरिकी स्टक र बन्ड

कूटनीतिक तनाव बढेपछि चिनियाँ लगानीकर्ताहरुले धमाधम बिक्री गर्न थाले अमेरिकी स्टक र बन्ड

काठमाडौं । विश्वका २ ठूला अर्थतन्त्रहरुबीच कूटनीतिक तनाव बढ्दै गएपछि चिनियाँ लगानीकर्ताहरुले मे महिनामा रेकर्ड मात्रामा अमेरिकी स्टक र बन्डहरु बिक्री गरेका छन् । चिनियाँ कोषहरुले अमेरिकी ट्रेजरी र एजेन्सी, कर्पोरेट र अन्य बन्डहरु साथै इक्विटीहरु समावेश गरी मे महिनामा ४२.६ अर्ब डलर बराबरको दीर्घकालीन धितोहरु बिक्री गरेको अमेरिकी ट्रेजरी विभागको तथ्यांकलाई उद्धउतृत गर्दै ब्लुमबर्गले लेखेको छ । सन् २०२४ को पहिलो ५ महिना अर्थात मे महिनासम्ममा चिनियाँ लगानीकर्ताहरुले कुल ७९.७ अर्ब डलर बराबरको धितोपत्रहरु बिक्री गरेका छन् । जुन यो अवधिमा बिक्री भएको हालसम्मकै उच्च हो । अमेरिकी राष्ट्रपति चुनावको अनिश्चितताका कारण चिनियाँ लगानीकर्ताहरुले जोखिम न्यूनीकरणका लागि अमेरिकी धितोहरु…
Read More
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यबाट दुई पूर्वमन्त्री बर्खास्त

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यबाट दुई पूर्वमन्त्री बर्खास्त

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यबाट पूर्व विदेश र रक्षामन्त्रीलाई बर्खास्त गरेको छ । पूर्व विदेशमन्त्री किन् झाङ र रक्षामन्त्री लि साङ्फुलाई बिहीबार बसेको पार्टीको केन्द्रीय बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । दुवै जना अघिल्लो वर्ष सरकारबाट बाहिरिएका थिए । पार्टीले पीएलए रकेट बलका पूर्व कमान्डर लि यूचाउलाई पनि हटाएको छ । उनीहरूले पार्टीको अनुशासन र कानुनको पालना नगरेको बताइएको छ । उनीहरू भ्रष्टाचारमा संलग्न भएको पार्टीले आशंका गरे पनि हालसम्म आधिकारिक निकायबाट पुष्टि भइसकेको छैन । चिनियाँ राष्ट्रपति सी चिन फिङ सन् २०१२ मा पार्टीको नेतृत्वमा पुगेसँगै भ्रष्टाचारविरुद्ध कडाइ गरेका छन् । यो वर्ष मात्रै उच्च तहका…
Read More
अमेरिकामा १ अर्ब डलरभन्दा बढीको घोटालामा चिनियाँ टाइकुन दोषी भेटिए

अमेरिकामा १ अर्ब डलरभन्दा बढीको घोटालामा चिनियाँ टाइकुन दोषी भेटिए

वासिङ्टन डीसी । स्वघोषित निर्वासनमा अमेरिकामा रहेका चिनियाँ व्यवसायी क्वो वेङक्वेईमाथि कयौँ अभियोग चलाइएको छ । अनलाइनमा आफ्नो फलोअरहरूलाई एक अर्ब डलरभन्दा बढी ठगेको भन्दै अमेरिकाको एक अदालतमा उनीमाथि ती अभियोग चलाइएको थियो । १२ मध्ये ९ ओटा अभियोगमा क्वो दोषी भेटिएका छन् । यसमा ठगी, सम्पत्ति शुद्धीकरण जस्ता अभियोग छन् । नोभेम्बर १९ मा क्वोलाई सजाय सुनाइँदैछ । उनले दशकौँसम्मको जेल सजाय पाउनसक्ने अनुमान गरिएको छ । सन् २०२३ मा पक्राउ परेयता नै क्वो जेलमा थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीका कटु आलोचक हुन् । उनी पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख रणनीतिकार स्टेफन ब्याननका एक सहयोगी पनि थिए…
Read More
सिलिकन फेस मास्कले चीनमा बढ्यो चिन्ता

सिलिकन फेस मास्कले चीनमा बढ्यो चिन्ता

बेइजिङ । चीनमा पछिल्लो समय अति वास्तविक देखिने सिलिकन फेस मास्क लगाएर शृङ्खलाबद्ध चोरीका घटना बढेपछि यस्ता प्रडक्टलाई वैध बनाइनु हुन्छ कि हुँदैन भनेर बहस चर्किएको छ । यही मार्चमा साङ्हाईमा चार वटा घर फोडेर चोरी भयो । यी घटनाको छानबिन गर्ने क्रममा ४० वर्षका एक पुरुषले वृद्धको सिलिकन मास्क लगाएर ती चोरीहरू गरेको प्रहरीले थाहा पायो । गएको महिना प्रहरीले चियाङ्सु प्रान्तमा भएका चोरीका घटनाहरूमाथि छानबिन गर्‍यो । यी चोरीमा पनि बिजुलीको काम गर्ने एक कामदारले नचिनियोस् भनेर सिलिकन मास्क लगाएर चोरी गरेको पाइयो । यी दुई चीनमा आपराधिक गतिविधिमा सिलिकन मास्कको बढ्दो प्रयोगको प्रतिनिधि घटना मात्रै हुन् ।…
Read More
किन संकटमा छन् चिनियाँ बैंकहरू ?

किन संकटमा छन् चिनियाँ बैंकहरू ?

एजेन्सी । सन् १९८० को दशकमा बचत तथा ऋण प्रवाहको संकटले वर्षौंसम्म अमेरिकी बैंकहरुलाई आतंकित बनायो । यही कारणले १ हजारभन्दा साना वित्तीय संस्थाको पतन र मर्जर भयो । चीनमा साना बैंकहरु अहिले यस्तै समस्याबाट गुज्रिरहेका छन् । जुन २४ यताको एक सातामा मात्र ४० बैैंकहरु बन्द भए, जसमध्ये कुनै सधैंका लागि बन्द भए त कुनै अन्य ठूला बैंकमा गाभिए । चीनमा सन् २०१९ देखि मध्यमस्तरीय बैंकहरुको पतन सुरु भएको थियो । यसक्रममा शक्तिशाली लगानीकर्ता र राज्यस्तरीय लगानीकर्ता डुबेका थिए । अहिले भने ग्रामीण बैंकहरुमा समस्या देखिएको हो । चिनियाँ ग्रामीण इलाकामा यस्ता करिब ४ हजार वित्तीय संस्थाहरु समस्यामा परेका…
Read More
जेडी पावर रिपोर्टः चिनियाँ ईभीमा धेरै समस्या

जेडी पावर रिपोर्टः चिनियाँ ईभीमा धेरै समस्या

काठमाडौं । जेडी पावरले प्रकाशित गरेको चिनियाँ ईभीको क्वालीटी सम्बन्धी रिपोर्टमा समस्या धेरै देखिएको छ । सन् २०२३ मा जेडी पावरले गरेको अध्ययन अनुसार प्रति १०० न्यू इनर्जी भेहिकलमा २१० वटा समस्या देखिएको हो । जेडी पावरले २०२४ चाइना न्यू इनर्जी भेहिकल इनीसियल क्वालीटी स्टडीको रिपोर्ट गत सनिबार सार्वजनिक गरेको थियो । जेडी पावरले दुई महिनादेखि ६ महिनासम्म चिनियाँ ईभी चलाएका ९ हजार ७९१ चालकसँग अन्तक्र्रिया गरेर उक्त रिपोर्ट तयार गरेको उल्लेख छ । जेडी पावरको अध्ययन अनुसार सन् २०२३ मा डिजाइन सम्बन्धी समस्या प्रति १०० गाडीमा ३५ वटासम्म देखाएको हो । डिजाइनमै समस्या भएको कारण अन्य धेरै समस्या थपिएको…
Read More
चिनियाँ सेनाले लद्दाख नजिकै जम्मा गर्‍यो हतियार, स्याटेलाइट फोटोबाट खुलासा

चिनियाँ सेनाले लद्दाख नजिकै जम्मा गर्‍यो हतियार, स्याटेलाइट फोटोबाट खुलासा

काठमाडौं । लद्दाखको पूर्वी क्षेत्र प्यांगोङ तालको सीमा नजिक चिनियाँ सेनाले ठूलो मात्रामा हतियार सङ्कलन गरिरहेको छ । अमेरिकी कम्पनी ब्ल्याकस्काईले आफ्नो स्याटेलाइट फोटो सार्वजनिक गरेको छ । जसमा चिनियाँ सेनाहरूले हतियार र इन्धन भण्डारण गर्न बनाएका बङ्करहरू देखिन्छ । यी बङ्करहरू सन् २०२१-२२ मा निर्माण गरिएको हो । त्यहाँ इन्धन र हतियार भण्डार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त स्थानमा बख्तरबन्द गाडीहरू पनि देखिन्छ । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार पाङ्गोङ ताल नजिकै सिरजापमा चिनियाँ सेनाको बेस छ । यहाँ चिनियाँ सैनिकको क्षेत्रिय मुख्यालय पनि छ । यो ठाउँलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । यो एलएसीबाट मात्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.