चीनमा एक दशकयताकै शक्तिशाली समुद्री आँधी
एजेन्सी । चीनको हाइनान प्रान्तमा एउटा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा दुईजनाको मृत्यु भएको छ भने ९० जना भन्दा धेरै घाइते भएका छन्। ‘यागी’ नामक उक्त ‘सुपर टाइफून्’ले सडकहरू जलमग्न बनाएको थियो भने विद्युत् आपूर्तिमा अवरोध निम्त्याएको थियो। आँधीको वेग प्रतिघण्टा २३० किलोमिटरभन्दा माथि रहेकाले कैयौँ रुखहरू पनि ढलेका थिए। यस दक्षिण चीनमा एक दशकयताकै सर्वाधिक शक्तिशाली समुद्री आँधी हो। हाल उक्त आँधी उत्तरी भियतनामतर्फ अघि बढेको छ। 'यागी'ले उत्तरी फिलिपिन्समा यसै साता ठूलो क्षति पुर्याएको थियो र त्यसयता उसले आफ्नो शक्तिलाई दुई गुणाले बढाएको छ। समुद्री आँधीले कहाँ कहाँ प्रभाव पार्यो? चीनको दक्षिणमा पर्ने एउटा लोकप्रिय पर्यटकीय टापुमा उक्त…