च्याट ग्रुपमा चिनियाँ राष्ट्रपतिको आलोचना गरेपछि ‘हराए’ अर्थशास्त्री
काठमाडाैं । राष्ट्रपति सी चिनफिङलाई च्याट-ग्रुपमा आलोचना गरेपछि चीनको सरकारी थिंक-ट्यांकका एक अर्थशास्त्री केही महिनादेखि हराएका छन्। चाइनिज एकेडेमी अफ सोसल साइन्सेसमा पछिल्लो एक दशक उपनिर्देशक रहेका ५५ वर्षीय झु हेङपेङले वि-च्याटको एउटा गोप्य समूहमा केही महिनाअघि चीनको अर्थतन्त्र र राष्ट्रपतिको कडा आलोचना गरेका थिए। सो थिंक-ट्यांकले स्टेट काउन्सिल (चीनको मन्त्रिपरिषद) अन्तर्गत रहेर काम गर्छ। उनलाई अप्रिलमा एउटा वित्तीय विषयबारे लेख्ने मिडियाले आयोजना गरेको कार्यक्रमपछि सार्वजनिक रूपमा देखिएको छैन भन्दै द वाल स्ट्रिट जर्नलले लेखेको छ। उनको ठेगानामा र चिनियाँ मन्त्रिपरिषदको सूचना शाखामा उनीबारे सोधखोज गर्दा उनी कहाँ छन् भन्ने नखुलेको जर्नलले जनाएको छ। द गार्डियनले पनि सो थिंक-ट्यांकले उनीबारे…