जेठ २० सम्म लकडाउन लम्ब्याउन सिफारिस

काठमाडाैँ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले जारी लकडाउनलाई अझै लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ।कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन पनि जेठ २० गतेसम्म लम्ब्याउन पर्ने प्रस्ताव समितिले मन्त्रिपरिषद समक्ष गरेको छ।

यसबारेमा अन्तिम निर्णय भने आजै बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ। समितिको आज बसेको बैठकले बन्दाबन्दीले सम्भावित ठूलो संक्रमणलाई काबुमा राख्न सफल भएकाले यसको उपादेयता बाँकी रहेको निष्कर्ष निकालेको प्रधानामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

क्वारेन्टाइनलाई अझै व्यवस्थित बनाउन स्थानीय पालिकाहरुलाई सहयोग गर्ने समेत निर्णय भएको उनले बताए।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ भने दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.