नेपालमा कोरोना भाइरसबाट मृत्‍यु हुनेको संख्या दुई

काठमाडाैँ । नेपालमा कोरोना भाइरसबाट मृत्‍यु हुनेको संख्या दुई पुगेको छ। भारतको मुम्बईबाट आएर बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहान कोरोना पोजेटिभबाट मृत्‍यु भएको पुष्टि भएको छ ।

उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका युवकको एक्कासि स्वास्थ्य असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताएका थिए ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएपनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो ।

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

Facebook Comments