काठमाडौं । कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो।
मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।
Facebook Comments