पाकिस्तानको सिन्धमा चिकित्सक संक्रमित हुँदा कोरोना परीक्षण गर्ने स्टाफ अभाव

इस्लामावाद । पाकिस्तानले नोभेल कोरोना भाइरस नियन्त्रणमा भएको दाबी गरिरहेका भेला मुलुककै एक प्रान्त सिन्धमा कोरोना भाइरस संक्रमण परीक्षण गर्ने स्टाफकै अभाव रहेको छ ।

विभिन्‍न अस्पताल र मेडिकल सेन्टरहरुमा कोरोना भाइरस परीक्षण ५० प्रतिशतले कमी आएको जियो न्युजले जनाएको छ । यस्तो हुनुको मुल कारण परीक्षण गर्ने चिकित्सकहरु नै संक्रमित भएका छन् ।

सिन्धको स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं नमुनाहरु प्रयोगशालामा परीक्षण हुन नसकेर थन्किरहेका छन् । कोरोना परीक्षण गर्ने चिकित्सकको अभाव हुँदा सिभिल, जिन्हा, ओझा र कराँची विश्वविद्यालयका प्रयोगशालामा कोरोना परीक्षणका लागि लिएका स्वाबका नमुनाहरु यतिकै थन्किएका छन् ।

घरमै कोरोना भाइरस जाँच गर्नसक्ने सुविधा एक सतादेखि बन्द गरिएको छ । यही समयमा पाकिस्तानी सञ्‍चारमाध्यम डनका अनुसार दैनिक चारदेखि पाँच हजार कोरोना संक्रमित थपिरहेका छन् । पाकिस्तानमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या एक लाख ९४ हजार ६८ छ भने करिब चार हजारको मृत्यु भएको छ ।

Facebook Comments