चीन समर्थित राष्ट्रिय गानको कानुनद्वारा हङकङको सिर्जनामा प्रतिबन्ध

हङकङ । चीन समर्थित हङकङको संसदले पास गरेको राष्ट्रिय गानको संरक्षण गर्ने कानुनले हङकङको सिर्जनामा नै प्रतिबन्ध लगाएको छ ।

यस कानुनले हङकङको प्रदर्शनका क्रममा कुनै पनि वृतचित्र अर्थात रचनात्मक गतिविधि गराइएमा राष्ट्रि गानको कानुनविरुद्ध हुने बताइएको छ ।

यस कानुनले चिनियाँ राष्ट्रिय गानको विरोध गर्नेलाई अपराधी ठहर गर्दछ ।

यस कानुनले न्युयोर्कमा बस्‍ने निर्देशक इभान चानको ‘वि ह्याभ बुट्‍स’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका क्रममा नेदरल्याण्डमा कुनै भाग नकाटेर देखाइएको थियो भने हङकङमा उक्त वृतचित्रको भाग काट्‍न बाध्य पारिएको छ । उक्त वृतचित्रमा देखाइएका दृश्यले चीनको राष्ट्रिय गानको अपमान गरेको भन्दै उक्त दृश्यहरु हटाउन निर्देशन दिइएको छ ।

उक्त डकुमेन्ट्रीको नयाँ भर्सनमा सन् २०१४ को अम्ब्रेला मुभ्मेन्टका एक मुख्य पात्रसँग अन्तर्वार्ता लिइएको छ । उक्त अन्तर्वार्ताका क्रममा त्यो समयको मुभ्मेन्टले पार्ने भावनात्मक असर र सम्भावित जेल जीवनको तयारीबारे कुरा गरिएका छन् ।

त्यहाँका स्थानीयले यस कानुनले हङकङले पाउँदै आएको स्वतन्त्रतामा खतरा उत्पन्ने गराउने धारणा राख्दै विरोध प्रदर्शन गरे पनि ३ जुनमा उक्त कानुन पारित गरिएको थियो ।

यस कानुनको उल्लंघन गर्नेलाई तीन वर्षको जेल र ५० हजार हङकङ डलर जरीवाना तिर्नुपर्ने प्रावधान राखिएको छ ।

उक्त कानुनमा भनिएको छ, ‘सम्पूर्ण व्यक्ति र संस्थाले राष्ट्रियगानलाई सम्मान गर्नुका साथै आत्मसम्मानको रुपमा लिनुपर्छ, साथै उचित अवसरमा यसलाई गाउनु पर्दछ ।’

हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा नीति लागु गर्ने तयारीपछि नै यहाँ व्यापक विरोध भएको थियो । अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडाले भने चीनको विरोध गरेका छन् ।

यसवाहेक अन्तर्राष्ट्रिय मानव अधिकार समूहले पनि त्यसमा विरोध जनाएका छन् ।

Facebook Comments