काठमाडौं उपत्यकमा कोरोना संक्रमित बढ्दै

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २८, भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ३२ जना संक्रमित थपिएको जानकारी दिए।

काठमाडौं उपत्यकासहित बिहीबार देशभर थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ।

Facebook Comments