Year: 2021

‘माया पिरेम’मा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्म पुरस्कार

‘माया पिरेम’मा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्म पुरस्कार

काठमाडौं । ‘माया पिरेम’ बोलको गतिमा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्मको पुरस्कार घोषणा गरिएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित यो गीतको म्युजिक भिडियो बेही दिनअघि सार्वजनिक भएको थियो। भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले सो पुरस्कारको घोषणा गरेको हो। टिकटक बनाउने अवधि कात्तिक २२ गतेसम्म राखिएको छ। पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ। यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन्। यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौं हुनेले १५ हजार, सातौं हुनेले १२ हजार, आठौं हुनेले १० हजार, नवौं हुनेले ८ हजार र…
Read More
सहज तरिकाले घरमै यसरी गर्न सकिन्छ माइन्डफुलनेस ध्यान

सहज तरिकाले घरमै यसरी गर्न सकिन्छ माइन्डफुलनेस ध्यान

काठमाडौं : माइन्डफुलनेस ध्यान विशेष खालको मानसिक तालिम हो, जसले विचारका वेगलाई शान्त पार्न, नकारात्मक विचार हटाउन र मन तथा शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । माइन्डफुलनेस भन्नाले वर्तमान क्षणप्रति पूर्ण रूपले सजग रहनु हो । माइन्डफुलनेस अभ्यासमा विचार, भावना र संवेगलाई कुनै ‘जजमेन्ट’ नगरी साक्षी भावले हेर्ने गरिन्छ । माइन्डफुलनेस ध्यानको अभ्यास प्रक्रिया फरक फरक हुन सक्छ । तथापि, यो ध्यान पद्धतिमा गहिरो श्वासप्रश्वास साथै शरीर र मनप्रति सजगता अपनाइन्छ । माइन्डफुलनेसको अभ्यासमा कुनै बाह्य वस्तु र सामग्रीको जरुरी पर्दैन । जस्तो कि ध्यान गर्नका लागि मैनबत्ती, धुप वा मन्त्र केही चाहिँदैन । यो ध्यान अभ्यास गर्नका लागि केवल…
Read More
आज देशभर एमालेको वडा अधिवेशन

आज देशभर एमालेको वडा अधिवेशन

काठमाडौं : नेकपा (एमाले(ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुने छैन । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ । शुक्रबार बसेकाे एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा 'बादल'को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियाे । बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन…
Read More
प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । यद्यपि, शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
Read More
विश्वमा आजः फुटबल बादशाह पेलेको जन्मदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार

विश्वमा आजः फुटबल बादशाह पेलेको जन्मदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार

आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाः चेचेन बिद्रोहीद्वारा १७० जना बन्धक मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन बिद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित एक नाट्यशाला कब्जा गरी ८५० जनालाई बन्धक बनाएका थिए । विद्रोहीले सर्वसाधरणलाई तीन दिनसम्म बन्धक बनाएका थिए । बन्धक बनाइएका व्यक्तिलाई रिहा गर्ने क्रममा प्रहरी र विद्रोहीबीचको गोली हानाहानमा १७० जनाको मृत्यु भएको थियो । बेरुत बम हमला सन् १९८३ मा लेबनानको गृहयुद्धमा अमेरिका र फ्रान्सको ब्यारेकअगडि भएका दुई ओटा बम बिस्फोटमा ३०० फ्रान्सेली र अमेरिकी सेनाको मृत्यु भएको थियो…
Read More
विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

विराटनगर : विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन। प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ ।
Read More
प्रधानन्यायाशीध राणमाथि पद छाड्न दबाब

प्रधानन्यायाशीध राणमाथि पद छाड्न दबाब

काठमाडौं । आफ्नो नेतृत्वको इजलासले प्रधानमन्त्री हेरफेर गराएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा त्यसको तीन महिनामा स्वयं जोखिममा पुगेका छन्। राजनीतिक शक्ति आर्जनको अभ्यासस्वरूप सरकारमा ‘भाग’ खोजेर पछिल्लोपालि उनी विवादमा तानिएका थिए। इजलास निर्माणमा मनोमानी गर्नु, अदालतभित्र बढ्दो अराजकता/अनियमितता नियन्त्रण गर्न नसक्नु, उल्टै त्यसको कारक बन्नुजस्ता थप कारण उनी जटिल डिलमा पुगेका हुन्। मातहतका न्यायाधीश, कानुन व्यवसायी (बार), पूर्वप्रधानन्यायाधीश/न्यायाधीशहरू खुलेरै राणाको बहिर्गमनमा बोल्न थालेका छन्। ‘यदि म प्रधानन्यायाधीशमा अनुमोदन भएँ भने प्रधानन्यायाधीशका रूपमा गर्नुपर्ने समितिको सम्मानमा अलिकति पनि आँच आउन दिने छैन। म प्रतिबद्धता जाहेर गर्छु’, १५ असार २०७६ मा संसदीय समितिमा सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले यस्तो प्रतिबद्धता जनाएका थिए। तर, उनी…
Read More
यी स्थानमा वर्षा हुने

यी स्थानमा वर्षा हुने

काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन। हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ का एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ । शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि…
Read More
यस्तो छ कार्तिक ६ गते शनिबारको राशिफल

यस्तो छ कार्तिक ६ गते शनिबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक ६ गते शनिबारको राशिफल हेर्नुहोस्ः मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । मिथुन जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला ।…
Read More
यस्ता छन् एमाले स्थायी कमिटीका आठ निर्णय

यस्ता छन् एमाले स्थायी कमिटीका आठ निर्णय

काठमाडौं : नेकपा एमालेले १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । बिहीबार सुरु भई शुक्रबार सम्पन्न बैठकले चितवनमा मंसिरमा तोकिएको राष्ट्रिय महाधिवेशनको तयारीका लागि रामबहादुर थापा 'बादल'को संयोजकत्वमा गठित २१ सदस्यीय समितिलाई पूर्णता दिएको हो । बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.