विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

विराटनगर : विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ।

विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन।

प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.