सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति
सुनसरी : नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । आज देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको छैन । वडा वडामासमेत अधिवेशन हुन सकेनन् । जिल्लाका दुई हरिनगरा र बर्जु गाउँपालिकामा बाढीले तहसनहस पारेपछि अधिवेशनको मिति सारिएको छ । तर धरान उपमहानगरमा भने पार्टीभित्रको अन्तरसंघर्षले चारवटा वडामा अधिवेशन हुन नसकेको हो । केन्द्रमा भएको १० बुँदे सहमतिअनुसार पार्टी चल्नुपर्ने अडान लिएका स्थानीय नेताले वडा अधिवेशनमा आफ्नो वर्चश्व कायम राख्न पनि अलग अलग अधिवेशन सम्पन्न गरेका हुन् । धरान ८, ५, १० र ११ मा अध्यक्ष केपी…