Year: 2021

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको निरीक्षणमा जाँदै

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको निरीक्षणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको निरीक्षणमा जाँदैछन् । प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग संयुक्त रुपमा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको क्षतिको अवस्था र सरकारले गर्नु पर्ने कामबारे छलफल गर्नेछन् । प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,…
Read More
काठमाडौं आउँदै गरेको बसमा आगलागी

काठमाडौं आउँदै गरेको बसमा आगलागी

काठमाडौं । सुर्खेतबाट काठमाडौं आइरहेको एक बसमा आगलागी भएको छ। ना ६ प १४७१ नम्बरको बसमा आइतबार राति २ बजे धादिङको गजुरीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो। आगलागीबाट बसको अधिकांश भाग जलेको छ। सो दुर्घटनामा कुनै पनि यात्रुलाई केही नभएको बताइएको छ। यात्रुहरु सकुशल रहेको तर सामानहरु बाहिर निकाल्न नसक्दा उनीहरुको लगेज जलेको प्रहरीले जानकारी दिएको छ।
Read More
विश्वमा आजः राष्ट्रसंघको स्थापनादेखि जाम्बियाको स्वतन्त्रता

विश्वमा आजः राष्ट्रसंघको स्थापनादेखि जाम्बियाको स्वतन्त्रता

आज अक्टोबर २४ । आज विश्व इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः चीनको चन्द्रमामा अभियान सन् २००७ मा चीनको पहिलो लुनार एक्सप्लोरेसन प्रोग्राम सुरु भएको थियो । यस कार्यक्रमअन्तर्गत चीनले मानवरहित यान चेन्ज १ लाई चन्द्रमामा पठाएको थियो । एक वर्षसम्म चन्द्रमाको कक्षमा घुमेपछि सो यान सन् २००९ को २ मार्चमा दुर्घटनामा परेको थियो । जाम्बियाको स्वतन्त्रता सन् १९६४ मा जाम्बिया स्वतन्त्र भएको थियो । स्वतन्त्र हुनुअघि अफ्रिकी देश जाम्बिया बेलायतको अधिनमा थियो । राष्ट्रसंघको स्थापना आजकै दिन राष्ट्रसंघको स्थापना भएको थियो । सन् १९४५ को २४ अक्टोबरमा पाँच…
Read More
चीन र रुसमा फेरि बढे कोरोना संक्रमित

चीन र रुसमा फेरि बढे कोरोना संक्रमित

एजेन्सी। चीन र रुसमा फेरि एकपटक कोरोना संक्रमित बढ्न थालेका छन् । चीनमा शनिबार कुल ३८ नयाँ कोरोना भाइरसका घटनाहरु रिपोर्ट गरिएका छन् भने रुसमा पछिल्लो २४ घण्टामा ३७६७८ नयाँ संक्रमण देखिएका छन्। जहाँ शनिबार रुसमा भाइरसका कारण १ हजार ७५ जनाको ज्यान गएको छ, जुन महामारीको समयमा एकै दिनमा सबैभन्दा धेरै हो । चीनको राजधानी बेइजिङमा शनिबार जम्मा ९ जना कोरोना संक्रमित थिए, जसलाई ध्यानमा राखी अधिकारीहरुले अनुसन्धान बढाउने र होटलमा बुकिङ प्रतिबन्ध लगाउने कदम चालेका छन्। बेइजिङमा सङ्क्रमित भेटिएका पाँच व्यक्तिहरू अक्टोबर १२ देखि अक्टोबर १५ सम्म भित्री मङ्गोलिया स्वायत्त क्षेत्र, निङ्जिया हुई स्वायत्त क्षेत्र र साङ्सी प्रान्तको…
Read More
आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का–फाटफुट वर्षा भईरहेको छ । आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै–थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको…
Read More
यस्तो छ कार्तिक ७ गते आइतबारको राशिफल

यस्तो छ कार्तिक ७ गते आइतबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक ७ गते आइतबारको राशिफल हेर्नुहोस्ः मेष स्वास्थ्यमा समस्या आउँन सक्छ। साथीभाइको सहयोग मिल्ने योग छ। मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन । बृष शत्रु परास्त हुने । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट । अध्ययनमा सफलता मिल्नेछ । मिथुन मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । कर्कट धन सञ्चितको योग । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनु होला । सिंह पारिवारिक सम्बन्ध सुमधुर…
Read More
एकीकृत समाजवादीले तीन महिने संगठन विस्तार अभियान चलाउने

एकीकृत समाजवादीले तीन महिने संगठन विस्तार अभियान चलाउने

बैतडी : नेकपा (एकीकृत समाजवादी) बैतडीको पहिलो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संगठन विस्तार अन्तर्गत पालिकाका कमिटीहरु गठन गर्ने, अहिले गठन प्रक्रियामा रहेका वडा कमिटी गठनलाई निरन्तरता दिने, जनवर्गीय संगठनहरु विस्तार गर्ने, नयाँ सदस्यता थप गर्ने र पुरानालाई नवीकरण गर्ने बताइएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले अबको तीन महिना संगठन विस्तार र सुदृढीकरणमा लाग्ने बताए । विस्तारित बैठकले जिल्ला सचिवालय गठन गर्ने तथा जिल्ला कमिटी सदस्यहरु थप गर्ने निर्णय गरेको छ । सचिवायल सदस्यको…
Read More
धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

जनकपुरधाम : धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । '१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,' उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’ ९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १०…
Read More
‘बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन, महाभियोग संसदको विषय हो’

‘बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन, महाभियोग संसदको विषय हो’

काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । ‘हामी छलफलमै छौं । भोलि उहाँलाई भेट्ने कार्यक्रम छ । उहाँसँग भेटेपछि रिपोर्ट कार्यान्वयनमा हाम्रो जोड हुनेछ, उहाँसँग भोलि छलफल भएपछि बारको बैठक बस्छ,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने । महाभियोगको प्रश्न संसदको विषय भएको उनको भनाइ थियो । पूर्व न्यायाधीशहरुको फोरमले प्रधानन्यायाधीशको राजीनामा माग गरेको सवालमा बारले कुनै आधिकारिक धारणा नबनाएको पनि अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘उहाँहरुले आफ्नो विचार दिनुभएको छ । त्यसको अवलम्बन गर्ने या नगर्ने भन्ने त्यो प्रधानन्यायाधीशले सौच्नुपर्ने हो । फोरमको वक्तव्य नेपाल बारमा आईसकेको…
Read More
सुर्खेतमा बम विस्फोट, दुई जना घाइते

सुर्खेतमा बम विस्फोट, दुई जना घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘समुदायिक वन खुलेको रैछ, आज बिहान पौने १० : ४५ बजे एक्कासी बेवारिसे बम बिस्पोट भएछ । बम कस्ले राख्यो, कसरी विस्फोट भयो भन्ने बारे अनुसन्धान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.