Year: 2021

सक्रिय राजनीति गर्नका लागि पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

सक्रिय राजनीति गर्नका लागि पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन्। एमाले स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार पूर्व आईजीपी खनाल एमाले प्रवेशको तयारीमा रहेका हुन्। यसका लागि एमाले नेतृत्वसँग सहमति भइसकेको नेता गुरुङको भनाइ छ। उनका अनुसार ९ कार्तिकमा पालिका अधिवेशनपछि खनाललाई पार्टीमा स्वागत गरिनेछ । पार्टी प्रवेश गर्न खनाल तयार भइसकेको गुरुङले जानकारी दिए। मंगलबार कार्तिक ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ।
Read More
धनुषा र सर्लाहीका एसपीको सरुवा

धनुषा र सर्लाहीका एसपीको सरुवा

काठमाडौं : धनुषा र सर्लाहीका प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापाले दुईवटा जिल्लाका एसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् । सर्लाहीको इन्चार्जमा एसपी कृष्ण प्रसाईलाई पठाइएको छ। त्यहाँ कार्यरत सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा बसन्त रजौरेलाई पठाइएको छ । धनुषामा कार्यरत प्रकाश रानाभाटलाई कार्य विभागमा सरुवा गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए ।
Read More
आमाकै संलग्नतामा २२ वर्षीया छोरी बलात्कृत !

आमाकै संलग्नतामा २२ वर्षीया छोरी बलात्कृत !

विराटनगर : आफ्नै आमामाथि शरीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएकी पीडित युवतीले प्रहरीले मुद्दा कमजोर बनाएको आरोप लगाइएकी छिन् । आफूले प्रहरीमा बुझाउन गएको प्रमाण प्रहरीले नबुझिदिएको आरोप ती युवतीको छ। विराटनगर १० की मन्जुविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा २२ वर्षीया छोरीले बन्धक बनाइ जबरजस्ती करणी गराउन खोजेको भन्दै मुद्दा दिएकी थिइन्। उनले न्यायका लागि प्रहरीमा मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले लिन नमानेको आरोप लगाएकी छिन्। प्रहरीमा मैले बुझाइको प्रमाणको सिडि प्रहरीसमक्ष चल्यो उनले भनिन्, अदालतमा चल्दैन।’ आफ्नो साक्षीको बकसपत्र समेत नगराएको उनको आरोप छ । लामो समयसम्म बकसपत्र गर्न नबोलाएपछि आफूहरु मिडिया आएपछि मात्रै बकसपत्र गराएको उनले बताइन्।…
Read More
एकै वडामा १२ जनाले गरे आत्महत्या

एकै वडामा १२ जनाले गरे आत्महत्या

खोटाङ : रावाबेँसी गाउँपालिका–६ हौंचुरमा चार वर्षमा १२ जनाले आत्महत्या गरेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनयता गाउँमा, काठमाडौं र विदेशमा गरी १२ जनाले आत्महत्या गरेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए । ६ कात्तिक (शनिबार) हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ गोठमा झुन्डिएको अवस्थामा भेटिएकी छन् । श्रेष्ठका श्रीमान् एक साताअघि मात्र विदेशबाट घर आइपुगेका थिए । श्रेष्ठ दम्पतीका चार वर्षकी छोरी छन्। हालसम्म हौंचुरका ११ जना झुन्डिएको र एकजना विष सेवन गरेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यसमध्ये गाउँमा १० जना, मलेसियामा एकजना र काठमाडौंमा एकजना मृत फेला परेको…
Read More
ड्रग्स केसमा जेलमा रहेका आर्यन खानले खाेले मुख

ड्रग्स केसमा जेलमा रहेका आर्यन खानले खाेले मुख

काठमाडौं : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनीसहित आठजनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ । आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ । सबैलाई एउटै मुद्दा बनाएर एनसीबीले कारबाही गरिरहेको छ । आर्यनको जमानत दुईपटक खारेज भएपछि उनको वकिलले मुम्बई हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् । जसको सुनुवाइ २६ अक्टोबरमा हुँदैछ । अपिलमा आर्यनले आफूलाई एनसीबीले फसाउने नियत राखेको आरोपसमेत लगाएका छन् । ‘मेरो ह्वाटएप्स च्याटलाई…
Read More
आज प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

आज प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् । नेकपा एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन खातुन भने फरार छिन् । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी…
Read More
धादिङमा गुडिरहेको बसमा कसरी लाग्यो आगो ? (भिडियोसहित)

धादिङमा गुडिरहेको बसमा कसरी लाग्यो आगो ? (भिडियोसहित)

धादिङ : धादिङको गजुरीमा वाइरिङ सर्ट हुँदा यात्रुवाहक बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आइतबार बिहान २ बजे वाइरिङ सर्ट हुँदा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार यात्रुहरू सकुशल रहेको र बसमा भने पूर्ण रूपमा क्षति पुगेको छ । गजुरीमा बजारमा आइपुगेपछि गुडिरहेको सो बसभित्र एक्कासि धुँवा देखिएपछि यात्रुलाई चालकले बाहिर निकालेका थिए । बसभित्र धुँवादेखिपछि रोकेर यात्रुलाई बाहिर निकालिएका कारण मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । यात्रुका केही सरसमान भने जलेको छ । https://www.facebook.com/100016373230654/videos/407850417715903
Read More
अमेरिकामा विश्वविद्यालयमा गोली चल्यो

अमेरिकामा विश्वविद्यालयमा गोली चल्यो

एजेन्सी : अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् । घटनाबारे जर्जियाको व्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको जनाइएको छ । घटनामा अतिवादीको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गोली लागेका सातै जनाको अवस्था स्थिर रहेको छ । प्रहरीले आक्रमणकारीको खोजी तीब्र पारेको छ । गोली कान्डपछि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
Read More
एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

दार्चुला : दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् । ‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने । शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । केही वडामा अधिवेशन…
Read More
कर्णाली प्रदेशमा कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने माओवादीको निर्णय

कर्णाली प्रदेशमा कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने माओवादीको निर्णय

सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको हो । बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने समेत निर्णय गरेको हो । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला गत वैशाख २ गते नेपाली कांग्रेस, माओवादी र तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह -हालको एकीकृत समाजवादी) बीच ११ बुँदे सहमति भएको थियो । कांग्रेसले पूर्व सहमति अनुसार सरकारको नेतृत्व दाबी गर्ने बताएको छ तर मुख्यमन्त्री शाही भने उक्त सम्झौता कार्यान्वयन नगर्ने र बाँकी अवधि आफैंले प्रदेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.