केपी ओलीको आँखाको इसारामा जब कलाकारले फ्लाइट क्यान्सिल गरे…
बिर्तामोड : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृहजिल्ला झापाको भ्रमणमा छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिए । भद्रपुरमा उनको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग भयो । राई आफैं पनि ओलीका फ्यान । त्यसमाथि ओलीले पनि रुचाएका एवं गृहजिल्लाबासी कलाकार । भद्रपुर विमानस्थलमा राईसँग अध्यक्ष ओलीको आँखा जुध्यो । इसारामै ओलीले सोधे कता हो ? जवाफमा आँखाको इशारामै विल्सनले काठमाडौं जान लागेको भने । ओलीले हुँदैन यतै रोकिन भने इशारामै । विल्सनले 'म जान लागेको हुँदैन'? भने आँखाको इशारामै । ओलीले आँखाको इशारामै कडा रुपमा तपाईँ यतै रोकिनुस्, नजानुस् भने पछि विल्सन रोकिए ।…