Year: 2021

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले बाढी र ढुबानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिन भित्र प्रतिवेदन पेस गर्न गृहमन्त्रालयका सचिवको नेतृत्वमा कृषि मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव , संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकले नेपाल बायु सेवा निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै बैठकले नेपाल पुनर्विमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा…
Read More
अफगानी नागरिक पक्राउ परेपछि गृह मन्त्रालयले लगायाे नयाँ नियम

अफगानी नागरिक पक्राउ परेपछि गृह मन्त्रालयले लगायाे नयाँ नियम

काठमाडौं । अफगानी नागरिक पक्राउ परेपछि गृह मन्त्रालयले नयाँ नियम लगाएकाे छ । मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आह्वान गर्दै नयाँ नियम लगाएकाे हाे । सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको देखिएकाले आधिकारिक परिचयपत्रविना घर, अपार्टमेन्ट, फ्ल्याट तथा कोठामा भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काममा नलगाउन पनि आग्रह गरेको छ । पहिचान…
Read More
आफ्नै गृहजिल्लामा ओलीले किन बाेले झुट ?

आफ्नै गृहजिल्लामा ओलीले किन बाेले झुट ?

झापा : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् । हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत प्राविधिक त्रुटिका कारण रतुवामा पुल बन्न नसकेको बताए । उनले कहीँ-कहीँ वन क्षेत्र परेर समस्या भएको बताए । ‘हुलाकी राजमार्ग बनिसक्यो । बीचमा रतुवाको एउटा पुलले गर्दा अड्किएको छ । त्यसका लागि पनि अहिले स्टिमेट भइरहेको छ । त्यो पनि छिट्टै हुन्छ,’…
Read More
स्ट्याण्डर्ड चार्टर्डसहित आठ वाणिज्य बैंक परे कारबाहीमा (नामसहित)

स्ट्याण्डर्ड चार्टर्डसहित आठ वाणिज्य बैंक परे कारबाहीमा (नामसहित)

काठमाडौँ : गत आर्थिक वर्षमा राष्ट्र बैंकको नियम पालना नगर्ने ८ वणिज्य बैंक कारबाहीमा परेका छन् । ती बैंकहरुलाई राष्ट्र बैंकले नगद जरिवाना तथा सचेत गराएर कारबाही गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धमा नियम पालना नगरेको राष्ट्र बैंकको भनाइ छ । यस्तै, दोस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र राष्ट्रिय बाणिज्य बैंक कारबाहीमा परेका छन् । तीमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक दुई पटक कारबाहीमा परेको छ । प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित कर्जा प्रवाह नगरेको र अन्य…
Read More
कुन नाका भएर अफगानी नागरिक भित्रिए काठमाडौं ?

कुन नाका भएर अफगानी नागरिक भित्रिए काठमाडौं ?

काठमाडौं : काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । उपचारको निहुँमा आफ्नो मुलुक छाडेर भारत आइपुगेका उनीहरु सुनौली–बेलहिया नाका हुँदै काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न देश पुगे पनि शरणार्थी बनेर समूहगत रूपमा नेपाल भित्रिएको यो पहिलो पटक हो । कुनै पनि मुलुकबाट प्रवेशाज्ञा नलिएकाहरूले वैधानिक रूपमा नेपाल प्रवेश पाउँदैनन् । तर भैरहवा हुँदै भित्रिएका अफगान नागरिकका बारेमा न सीमा क्षेत्रको सुरक्षा संयन्त्रले थाहा पायो, न त काठमाडौं आउन्जेलमा सरकारले । सजिलै नेपाल भित्रिएर राजधानी नै आइपुगेका उनीहरू सुरक्षित रुपमा बसिरहेका थिए । तर प्रहरीले विशेष सूचनामार्फत उनीहरुलाई नियन्त्रणमा लिएको थियो । केन्द्रीय अनुसन्धान…
Read More
बानेश्वरको मुल सडक भाँसियो, सवारी साधन सञ्चालनमा रोक

बानेश्वरको मुल सडक भाँसियो, सवारी साधन सञ्चालनमा रोक

काठमाडाैं । तिनकुने-बानेश्वर सडकको संसद भवन अगाडिको मुल सडक भासिएको छ। सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो। त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ। केहि वर्ष अघि अन्तराष्ट्रियस्तरको भनि विस्तार गरिएको ६ लेन सडकको बानेश्वर बाट तिनकुने तर्फ जाने लेनको मुख्य सडक भासिएको हो। खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सडक भासिए पछि अहिले उक्त खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा छ।
Read More
प्रत्येक नेपालीको थाप्लोमा कति ऋण छ ?

प्रत्येक नेपालीको थाप्लोमा कति ऋण छ ?

काठमाडौं । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय ८३ रुपैयाँ पर्न आउँछ। केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या ३ करोड ५ लाख २ हजार ५ सय ८५ पुगेको छ। भूकम्पपछि ऋणको ग्राफ बढेको देखिएको छ। ठूला आयोजना बनाउन ऋण लिने गरिए पनि उद्देश्यअनुसार खर्च हुन नसकेको विज्ञ बताउँछन्। पूर्वअर्थसचिव रामेश्वर खनाल समयमै आयोजना नसकिँदा देशकै…
Read More
९ जनाद्वारा ३ बालिका बलात्कृत प्रकरणमा ११ जना पक्राउ

९ जनाद्वारा ३ बालिका बलात्कृत प्रकरणमा ११ जना पक्राउ

सिन्धुली । सिन्धुलीमा असोज ३० गते बिहानीपख भएको सामूहिक बलात्कार घटनाका फरार आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका छ मध्ये पाँच र उनीहरुलाई भगाउन सहयोग गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ३० गते नौजनाको समूहले तीन बालिकालाई कमलामाई नगरपालिका–५ लब्दा खोलाको बगर र बाँसको झ्याङमा सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीनजनालाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । अरू छ जना घटनापश्चात् फरार भएकामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । एकजनाको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पन्ध्र, १६ र १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले…
Read More
जजारकोटमा अवैध रूपमा औषधि पसल सञ्चालन

जजारकोटमा अवैध रूपमा औषधि पसल सञ्चालन

जजारकोट : कुशे गाउँपालिकामा अवैध रूपमा औषधि पसलहरू सञ्चालन भइरहेका छन् । पहुँचमा स्वास्थ्य संस्था तथा पर्याप्त औषधि नहुँदा अवैध रूपमा औषधि पसलहरू सञ्चालनमा रहेका हुन् । चिकित्सकले बिरामी जाँच गरेपछि दिइने पूर्जीका आधारमा अनुमति प्राप्त व्यक्ति औषधि बिक्री गर्न पाइने कानुनी व्यवस्था छ । तर, कुशे गाउँपालिकामा बिना दर्ताका १३ वटा औषधि पसलबाट चिकित्सकको पूर्जी बिना बिरामीलाई औषधि बिक्री गरिरहेका कुशे गाउँपालिकाका स्वास्थ्यकर्मी दिनेश बस्नेतले बताए । जथाभावी औषधि बिक्री गर्दा मावन स्वास्थ्यमासमेत असर गरेको उनको भनाइ छ । नियमनकारी निकायको बेवास्ताका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी यहाँका अवैध औषधि पसलबाट औषधि बिक्री भइरहेका छन् । सरकारी…
Read More
बंगालादेशमा किन भड्कियो जातीय हिंसा ?

बंगालादेशमा किन भड्कियो जातीय हिंसा ?

एजेन्सी : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप लगाएकी छिन् । बंगलादेशमा दुर्गा पूजा मनाउने क्रममा फेसबुकमा एउटा फेक पोस्टका कारण साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । एउटा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गर्नुका साथै हिन्दू मन्दिरमा तोडफोड गरेको थियो । ‘बंगलादेशलाई सुनियोजित तरिकाले कसैले पनि पछाडि धकेल्न सक्दैन । पछिल्लो समयमा बंगलादेशमा भएका घटनाहरु सुनियोजित हुन् । देशमा अस्थिरता निम्त्याउन चाहने तत्वले यस्ता षडयन्त्र गरेका हुन् । ’ प्रधानमन्त्रीले भनिन् । बंगलादेशलाई जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको उनको भनाई थियो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.