Year: 2021

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा हुन लागेको हो । गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ । असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशन भइरहेका हुन्…
Read More
भीम रावललाई ओलीको स्पष्ट सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन

भीम रावललाई ओलीको स्पष्ट सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन

काठमाडौं : दुईदिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छन् । नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैंमा अर्थपूर्ण थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी कक्षदेखि नै ओली र भट्ट सँगसँगै थिए । यती एयरलाइन्सको जहाजबाट पूर्व उडान भर्दा ओली र भट्ट सँगै बसे । जहाजमै ओली र भट्टको सामिप्यता लोभलाग्दो देखियो । झण्डै एकघण्टाको उडानमा भलाकुसारी गर्दै झापाको भद्रपुर विमानस्थल पुगे ।…
Read More
अनेक ‘डिल’पछि संकटको ‘डिल’मा चोलेन्द्र

अनेक ‘डिल’पछि संकटको ‘डिल’मा चोलेन्द्र

काठमाडौं । न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् । सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरु प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । सर्वोच्चको काम कारबाही नै ठप्प भयो । न्यायिक इतिहासमा यो नौलो घटना हो । अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ । जबराको राजीनामा माग्नेको संख्या बढ्दो छ । त्यसमा चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको फोरमपछि नेपाल बार पनि थपिएको छ । एकपछि अर्को विवादित कदमबाट उम्कन प्रधानन्यायाधीश…
Read More
महाधिवेशन टार्दै आम निर्वाचन गर्ने देउवाको रणनीति

महाधिवेशन टार्दै आम निर्वाचन गर्ने देउवाको रणनीति

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर सभापति देउवा आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा जुटेका हुन्। निर्वाचन आयोगले सोमबार चैत पहिलो साता स्थानीय निर्वाचन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई सुझाएको छ। त्यतिमात्र होइन, फागुन २० बाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ। माघ पहिलो साता उक्त पदका लागि निर्वाचन गर्ने सरकार र निर्वाचन आयोगको तयारी छ। सभापति देउवा स्थानीय निर्वाचनभन्दा पहिला आमनिर्वाचन (प्रतिनिधिसभा)…
Read More
यी स्थानमा आज पनि पानी पर्दै

यी स्थानमा आज पनि पानी पर्दै

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार राती देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
Read More
यस्तो छ आज कार्तिक ९ गते मंगलबारको राशिफल

यस्तो छ आज कार्तिक ९ गते मंगलबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ । कर्कट…
Read More
लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : लमजुङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ। जिल्लाको खुदि बजार केन्द्रविन्दु भएर सोमबार राति परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार साँझ ८:३० बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको हो।
Read More
कर्णालीमा माओवादीले सरकार नछाड्ने, समर्थन फिर्ता लिने कांग्रेसको चेतावनी

कर्णालीमा माओवादीले सरकार नछाड्ने, समर्थन फिर्ता लिने कांग्रेसको चेतावनी

काठमाडौं- नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार नछाड्ने अडान लिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसअघि आधा कार्यकाल नेपाली कांग्रेसलाई छोड्ने सहमति गरेका थिए। त्यहीअनुसार दशैंलगत्तैदेखि उनले मुख्यमन्त्रीबाट राजीनामा दिने र कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तारतम्य मिलाउन थालिएको थियो। तर, माओवादीले गठबन्धन सरकार निर्माण भएपछि पुनः नयाँ तरिकाले सहमति गरेर जानुपर्ने भन्दै सरकार छाड्न आनाकानी गरेको हो। नेपाली कांग्रेसले भने मुख्यमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। नेपाली कांग्रेस कर्णाली प्रदेश सभाका सचेतक हिमबहादुर शाहीले मुख्यमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए। ‘हामीले मुख्यमन्त्री शाहीजीसँग‍ आधा कार्यकाल, कात्तिक १५ गते छाड्नेगरी…
Read More
चार पूर्व प्रधानन्यायाधीशले भने– प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ

चार पूर्व प्रधानन्यायाधीशले भने– प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ

काठमाडौं– सर्वोच्च अदालतका ४ जना पूर्व प्रधानन्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा दिनुपर्ने बताएका छन्। मन्त्रिपरिषद्‌मा समेत भागबण्डा खोजेको विषय सार्वजनिक भएपछि आलोचनाको केन्द्रमा रहेका प्रधानन्यायाधीश राणाको उनकै सहकर्मी न्यायाधीशले समेत राजीनामा माग गरेका छन्। यसैबीच ४ जना पूर्व प्रधानन्यायाधीशहरू मीनबहादु रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै राणाले राजीनामा दिनुपर्ने बताएका छन्। ‘प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायपालिकाको क्षति न्यूनिकरण गर्न सघाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास छ । विगतमा पनि विभिन्न अवसरमा मुद्दामा न्यायिक विचलन वा अस्वीकार्य गतिविधिको जनविश्वास गुमाएको भन्ने अवस्थामा सम्बन्धित न्यायाधीशहरुले नै गर्नु भएको स्वेच्छिक अवकासको निर्णयबाट विवादहरुको पटाक्षेप भएको अनुभव न्यायपालिकासँग…
Read More
यौन दूराचारका आरोपित अधिकारी वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त

यौन दूराचारका आरोपित अधिकारी वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त

काठमाडौं : सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका युवराज अधिकारीविरुद्ध ४ वर्ष अगाडि कार्यलयमा यौनजन्य हिंसा गरेको भन्दै उजुरी परेको खुलेको छ। नेपाल वायुसेवा निगममा अर्थ निर्देशक रहेका बेला अधिकारीले आफूहरुमाथि यौनजन्य हिंसा गरेको भन्दै अर्थ विभाग र आन्तरिक लेखापरीक्षण विभागका महिला कर्मचारीहरुले राष्ट्रिय महिला आयोगमा अधिकारीविरुद्ध उजुरी दिएका थिए। महिला आयोगमा दिइएको उजुरीमा अधिकारीले महिला कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर यौन हिंसाजन्य क्रियाकलाप गर्ने, यौनजन्य क्रियाकलापको प्रयास गर्ने तथा दूरासयपूर्ण व्यवहार प्रदर्शन गर्ने गरेको उल्लेख थियो। अधिकारीविरुद्ध महिला कर्मचारीहरुले २०७४ भदौ २७ गते दिएको पत्र महिला आयोगले १४७ दर्ता नम्बरका साथ २०७४ असोज १ गते दर्ता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.