Year: 2021

प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौं : नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अल्टिमेटम दिएको छ । शुक्रबार बसेको बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वचालित पेसी प्रणाली लागू गराउन १५ दिनको समय दिएको हो । बारले अदालतको पेसी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भइरहेको व्यवस्थाबाट कतिपय गलत कार्यहरू भएकाले सोको सट्टामा स्वचालित पेसी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रूपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला (राफल) प्रणालीबाट पेसी तोक्ने भनी दिएको सुझाव कार्यान्वयन नभएकामा असन्तुष्टि जनाएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले समेत उक्त सुझाव आफ्नो…
Read More
दमनविरुद्ध राष्ट्रिय एकता अभियानद्वारा महाराजगन्ज प्रहरी वृत घेराउ (भिडियोसहित)

दमनविरुद्ध राष्ट्रिय एकता अभियानद्वारा महाराजगन्ज प्रहरी वृत घेराउ (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय एकता अभियानले महाराजगन्ज प्रहरी वृत घेराउ गरेको छ । हिन्दु अभियन्तामाथिको दमनविरुद्ध अभियानले महाराजगन्ज प्रहरी वृत घेराउ गरेको हो । अभियानका अभियन्ताहरुले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाएका थिए । अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिताले प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय संयोजक विनय यादवसहित ४१ जना अभियन्तालाई पक्राउ गरी प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएकी छन् । बंगलादेश, पाकिस्तान तथा विभिन्न राष्ट्रहरुमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनालाई लिएर प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । https://www.facebook.com/113633117158526/videos/941185899828216
Read More
भीम रावलद्वारा राजीनामा दिने घोषणा

भीम रावलद्वारा राजीनामा दिने घोषणा

काठमाडौं । नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन् । 'यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ', उनले भने । रावलले थपे, 'एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य…
Read More
दाङमा ३० जना दलित समुदायका व्यक्ति आधिकारिक रुपमै बने बाहुन !

दाङमा ३० जना दलित समुदायका व्यक्ति आधिकारिक रुपमै बने बाहुन !

दाङ । दाङमा ३० जना दलित समुदायका व्यक्तिहरू आधिकारिक रुपमै बाहुन बनेका छन् । उनीहरूले आफ्नो थर परिवर्तन गरेर नागरिकता लिएपछि आधिकारिक रुपमै बाहुन बनेका हुन् । जिल्ला प्रशासन कार्यालय दाङले वडाको सिफारिस लिएर आउने ३० जनालाई थर परिवर्तन गरेर नागरिकता दिएको हो । दलित आयोगले देशभरका स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयबाट थर परिवर्तन गरेर दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार दाङको घोराही, तुलसीपुरसहित १० स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङबाट पछिल्लो एक महिनामा ३० जनाले नागरिकता लिएका हुन् । दाङमा रामबहादुर कुरुम्बाङ प्रजिअको रूपमा आएपछि उनको कार्यकालमा धेरै थर संसोधन गरेर…
Read More
काठमाडाैंमा १८ वर्षीया किशोरी बलात्कृत

काठमाडाैंमा १८ वर्षीया किशोरी बलात्कृत

काठमाडौं : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको माछापोखरीबाट एक पुरुष पक्राउ परेका छन्। किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा माछापोखरी डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मा पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बिहीबार राती पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएकाे छ ।
Read More
एमाले १०औँ महाधिवेशन : चन्दा नउठाउने, नारायणी किनारमा ‘भेन्यू’ हुन सक्ने

एमाले १०औँ महाधिवेशन : चन्दा नउठाउने, नारायणी किनारमा ‘भेन्यू’ हुन सक्ने

चितवन । नयाँ नेतृत्वका लागि नेकपा एमालेले १०औँ महाधिवेशन चितवनमा गर्ने भएको छ । सर्वाेच्च अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि दुई पार्टीका बीच दुश्मनी बढ्दो छ । आगामी १०–१२ मंसिरसम्म हुने महाधिवेशनको व्यवस्थापनको संयोजकमा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । माओवादी केन्द्र छाडेर एमालेतर्फ लागेका बादल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको गृहजिल्ला चितवन हो । आगामी चुनावमा प्रचण्डको विरुद्धमा उमेदवारी दिन सक्ने बादलले बताइसकेका छन् । प्रचण्डलाई धक्का दिनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेका अनुमान गरिएको छ । एमालेले भने चितवन देशकै मध्यभागमा पर्ने भएकाले चितवनमा महाधिवेशन गर्न…
Read More
अनन्या पाण्डे र आर्यन खानबीचको च्याट सार्वजनिक

अनन्या पाण्डे र आर्यन खानबीचको च्याट सार्वजनिक

काठमाडाैं । बलिउड अभिनेत्री अनन्या पाण्डेलाई लागूपदार्थ केसमा सोधपुछका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले समन जारी गरेको छ। बिहीवार एनसीबीले अनन्यालाई लगभग सबा २ घन्टा सोधपुछ गरेको थियो । उनको घरमा छापा समेत मारिएको थियो । पछि उनलाई सोधपुछका लागि कार्यालय बोलाइयो । शुक्रवार ११ बजे उनलाई सोधपुछका लागि बोलाइएकोमा अनन्या एनसीबी कार्यालय गइनन् । यसैबीच एनसीबीले आर्यन र अनन्याबीच भएको च्याट फेला पारेको छ । त्यही च्याटका आधारमा एनसीबीले समन जारी गरेको हो ।
Read More
काे बन्दैछ प्रदेश १ काे मुख्यमन्त्री ?

काे बन्दैछ प्रदेश १ काे मुख्यमन्त्री ?

विराटनगर : नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राई प्रदेश नं एकको मुख्यमन्त्री बन्ने भएका छन्। शुक्रबार दिउँसो विराटनगरमा बसेको बिपक्षी गठबन्धनको बैठकले राईलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। त्यसअघि बसेको प्रदेशसभाको बैठकमा वर्तमान मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका थिए । दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था भए अनुसार उनले सो प्रस्ताव पेस गरेका हुन् । तर, त्यसअघि गत २५ असोजमा मुख्यमन्त्री आचार्यले संसद सचिवालयमा विश्वासको मत सम्बन्धी सूचना दर्ता गराएका थिए । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक…
Read More
संयोजक यादवसहित ४१ जना अभियन्तालाई तत्काल रिहा गर्न अभियानको माग

संयोजक यादवसहित ४१ जना अभियन्तालाई तत्काल रिहा गर्न अभियानको माग

काठमाडाैं : राष्ट्रिय एकता अभियानले आफ्ना अभियन्ता पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिताले प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय संयोजक विनय यादवसहित ४१ जना अभियन्तालाई पक्राउ गरी प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएकी हुन् । बंगलादेश, पाकिस्तान तथा विभिन्न राष्ट्रहरुमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनालाई लिएर प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानको नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ,‘ बंगलादेश र पाकिस्तानको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन तथा प्रदर्शन गरिरहेको बखत अभियानका केन्द्रिय संयोजकसहित ४१ जना नेता…
Read More
भारत सरकारद्वारा जयनगर–कुर्था सीमापार रेल खण्ड हस्तान्तरण

भारत सरकारद्वारा जयनगर–कुर्था सीमापार रेल खण्ड हस्तान्तरण

काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेलखण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो । भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको हो । नेरु.८ं.७७ अर्ब रुपैंयामा निर्माण भएको ३४ं.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो । जयनगर–कुर्था खण्डमा कूल ८…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.