रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद
रूपन्देही : जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न ठाउँबाट विस्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा कार्यालयबाट खटिएको टोलीले फरक फरक स्थानबाट विभिन्न प्रकारका पटाका बरामद गरेको हो । बरामद भएको पटाका अन्दाजी तीन लाख रुपैयाँ बराबरको रहेको र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारयण थापाले जानकारी दिए । कार्यालयबाट खटिएको प्रहरी टोलीले सीमा क्षेत्र सिद्धार्थनगर- १ बाट अन्दाजी ९० हजार र प्रहरी चौकी मेउडिहवा रूपन्देहीबाट खटिएको प्रहरी टोलीले ६५ हजार रुपैयाँभन्दा बढीका विभिन्न किसिमका २६२ प्याकेट, प्रहरी चौकी मर्यादपुरले कोटहीमाई ऐलिडियाबाट ५० हजार रुपैयाँभन्दा बढीको साइकलसहित दुई बोरा पटाका…