पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा सन्तान
भैरहवा । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा सन्तान जन्माएकी छन् । पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो चम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो शल्यक्रिया गरिएको थियो । महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले उनको शल्यक्रिया गरेको थियो । अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ । अस्पतालकाअनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी…