Year: 2021

माओवादी केन्द्रनिकट रेडियोलाई सरकारी ढुकुटीको ६५ लाख ‘उपहार’

माओवादी केन्द्रनिकट रेडियोलाई सरकारी ढुकुटीको ६५ लाख ‘उपहार’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले 'पत्रकार कल्याणकारी कोष' को रकमसमेत कटौती गरी माओवादीकेन्द्रका कार्यकर्ताले सञ्चालन गरेका निजी सञ्चार संस्था र व्यक्तिलाई बाँडेर सरकारी काेषको दुरुपयाेग गरेका छन्। गरीब नेपालीको पसिनाबाट सिर्जित सरकारी ढुकुटीकाे करिब डेढ करोड रुपैयाँ उनले आफूनिकटहरुलाई बाँड्ने गरी विनियोजन गरेका हुन् । आर्थिक वर्ष २०७८–७९ को संशोधित बजेट औचित्य र आवश्यकताका आधारमा नभई पहुँचकै भरमा आगामी चुनावको नाफाघाटा लेजाखोजा गरी मुख्यमन्त्री केसीले बाँड्ने तयारी गरेका छन्। शङ्कर पोखरेल नेतृत्वको अघिल्लो सरकारले ल्याएकाे 'पत्रकार कल्याणकारी कोष'को रकमसमेत यो सरकारले कटौती गरेको छ। लुम्बिनी प्रदेश सरकारले माओवादी पार्टीनिकट रेडियो जलजलालाई ६५ लाख रुपैयाँ 'राहत' रकम विनियोजन गरेको…
Read More
मुख्यमन्त्रीका सहयोगीको ‘पत्रिका’लाई प्रदेश सरकारको २० लाख ‘राहत’

मुख्यमन्त्रीका सहयोगीको ‘पत्रिका’लाई प्रदेश सरकारको २० लाख ‘राहत’

काठमाडौं । सरकार परिवर्तनसँगै लुम्बिनी प्रदेश सरकार बेथितिको पर्याय बनेको छ। प्रदेशको आर्थिक वर्ष २०७८–७९ को संशोधित बजेट तथा कार्यक्रम जनमैत्री नभई नेतामुखी आएको चौतर्फी गुनासो छ। प्रदेश सरकारलाई यथासम्भव आत्मनिर्भर बनाई समृद्धिको दिशामा अघि बढाउने नारा घन्काएपछि बजेट पहुँचकै भरमा बाँडिएको छ। नयाँ बजेट तथा कार्यक्रमभित्र बेथितिका अनेक रूप छन्। पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले अध्यादेशमार्फत जारी गरेको बजेट तथा कार्यक्रम चुनाव केन्द्रीत भएको टीका–टिप्पणी गरिन्थ्यो। कांग्रेस–माओवादी–एकीकृत समाजवादीका नेताहरू पोखरेल नेतृत्वकाे सरकार ढालेर सत्तामा पुगे तर उनीहरू पनि चुनावभन्दा टाढा जानै सकेनन्। मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको ‘अफसेट प्रेस’को विकास तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले २० लाख छुट्याइएको छ। फरक–फरक शीर्षकमा…
Read More
३८ कटेकी कट्रिना भन्छिन्- विवाहको कुनै योजना छैन

३८ कटेकी कट्रिना भन्छिन्- विवाहको कुनै योजना छैन

एजेन्सी । बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ। केही समय यता प्रेममा रहेको खबरकै बीच यी दुईको विवाहको खबर मिडियामा आएको छ। भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी रहेको जनाएका छन्। तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन्। उनले कुरा गर्दै गत १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताएकी छिन्। 'मलाई आफै थाहा छैन कि यो हल्ला किन फैलिरहेको छ,' उनले कुराकानीको क्रममा भनेकी छिन्, 'अहिले नै विवाहको कुनै योजना छैन।' यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने संकेत गरेको खबर सम्प्रेषण…
Read More
महाकालीमा डुंगा पल्टियो

महाकालीमा डुंगा पल्टियो

बैतडी : बैतडीको नेपाल-भारत सीमा नदी महाकालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकाछन् । जिल्लाको शिवनाथ गाउँपालिका-१ को खाँडघाटबाट पारी भारत जान लागेका १० जना सवार डुंगा पल्टिएको हो । डुंगा पल्टिँदा मृत्यु हुनेमा एक बालिका रहेकी छन् । बेपत्ता हुनेमा बालक रहेकाछन् । मृतक र बेपत्ता भएका दुवैको परिचय खुल्न सकेको छैन । डुंगामा सवार रहेका अन्य आठ जना भने पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । साँझ ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बेपत्ताको खोजी कार्य जारी रहेको उनले बताए ।…
Read More
बाटोमा खाल्डा देखेपछि आक्रोशित सिडिओले भने- पक्राउ पुर्जी जारी गर्छु

बाटोमा खाल्डा देखेपछि आक्रोशित सिडिओले भने- पक्राउ पुर्जी जारी गर्छु

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशीराज दाहालले समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी काट्ने चेतावनी दिएका छन् । अलपत्र अवस्थामा छोडेका तथा बाढी पहिरोका कारण क्षति पुगेका योजनाको अनुगमनका क्रममा निस्किएका सिडिओ दाहाले उक्त चेतावनी दिएका हुन् । उनले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘ठेकेदार, त्यो योजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनियरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएका छु’, उनले भने, ‘समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी जारी गरेर कानुन अनुसार अगाडि बढ्छु ।’ केही दिनअघि आएको बाढी पहिरोका कारण कटान गरेर जोखिम बढेपछि विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको…
Read More
घट्यो विद्युत महशुल : न्यूनतम मासिक शुल्क ३० रुपैयाँ

घट्यो विद्युत महशुल : न्यूनतम मासिक शुल्क ३० रुपैयाँ

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल दर घटाएको छ । आगामी मंसिरदेखि लागू हुनेगरी आयोगले नयाँ महशुल दर कायम गरेको हो । बुधबार पत्रकार सम्मेलनमार्फत् नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको जनाएको छ । आयोगका अनुसार नयाँ विद्युतदरमा विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क छुट गरिएको छ र न्यूनतम मासिक शुल्क ३० रुपैयाँ तिरे पुग्ने बताइएको छ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने आायोगले जनाएको छ । आयोगले २० युनिटसम्मलाई पहिलो स्ल्याबका रुपमा वर्गीकरण गरेको छ भने २१ देखि ३०,…
Read More
काठमाडौंका एसएसपी अशोक सिंहको सरुवा !

काठमाडौंका एसएसपी अशोक सिंहको सरुवा !

काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहको काज रुपमा सरुवा गरेको छ। साथै काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत एसएसपी सुदीप गिरीलाई दिने निर्णय भएको बताइएको छ। सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए। मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई हटाएर गिरीलाई पठाउने निर्णय गरेका थिए। गृहमन्त्री खाणले निर्णय गरेपनि कांग्रेसभित्र कुरा नमिल्दा कार्यान्वयनमा अलमल भएको छ। गृह मन्त्रालयले सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको छ। एसएसपी गिरी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन्। निर्मला पन्त प्रकरणमा अनुसन्धान गरेका गिरीले प्रहरी उपरीक्षक (एसपी) हुँदा पर्साको कमाण्ड गरेका थिए। प्रहरी…
Read More
सिनेटरको यौन दुर्व्यवहारमा परेकी हिलारीकी सहयोगीको खुलासा– चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो

सिनेटरको यौन दुर्व्यवहारमा परेकी हिलारीकी सहयोगीको खुलासा– चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो

एजेन्सी: अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन्। हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्येतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुव्र्यबहार गरेको बताएकी हुन् । सोफामा आफूसँग टाँसिएर सिनेटरले चुम्बन गर्न खोजेको र आफू घरबाट भागेको हुमाले आरोप लगाएकी छिन् । आफ्नो पुस्तक बोथ / एन्डः अ लाइफ इन मेनी वल्डसमा उनले यस्तो आरोप लगाएकी हुन् । सो पुस्तक अर्को साता प्रकाशन हुँदैछ । चिया खाने क्रममा सिनेटरले गरेको दुर्व्यवहारलाई उनले पुस्तकमा यसरी उल्लेख गरेकी छिन्, ‘उसले मतर्फ तन्किएर मेरो काँधमाथि वायाँ हात…
Read More
ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं : बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत मंगलबार बजारमा सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुन समेत गत मंगलबारको तुलनामा ६०० रुपैयाँले नै सस्तिँदै बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
प्रधानन्यायाधीश जबरा बिदामा बस्ने !

प्रधानन्यायाधीश जबरा बिदामा बस्ने !

काठमाडौँ । चौतर्फी दबाब झेल्दै आउनुभएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले राजीनामा नदिने स्पष्ट अडान लिनुभएको छ । उहाँको राजीनामा नदिने र अरुको मार्गप्रशस्त नगरी नहुने अडानपछि न्यायपालिकाको विवाद झन् चर्किने एकथरिले बताएका छन् । हिजो सर्वोच्च अदालतका न्यायाधीशहरुले राणालाई सामुहिक रुपमा दुई पटक भेटी राजीनामा दिएर निकास खोल्न सुझाव दिएका थिए । तर राजीनामाबारे प्रधानन्यायाधीश राणा टसको मस हुनुभएन । यता आइतबार दिउँसोदेखि सर्वोच्चको इजलास ठप्प छ । सोमबार र मंगलबार इजलास तोकियो तर न्यायाधीशहरु इजलासमा गएनन् । न्यायाधीशहरुले नै अघोषित रुपमा सर्वोच्चको इजलास बहिष्कार गर्दै आएका छन् । १४ जना न्यायाधीशले राणाको कारण न्यायालय संकटमा फसेको निश्कर्ष निकालेर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.