Year: 2021

महिलाले श्रीमानका लागि ढोका खुल्लै राखेर सुत्दा छिमेकी घरभित्र पसेर बलात्कार

महिलाले श्रीमानका लागि ढोका खुल्लै राखेर सुत्दा छिमेकी घरभित्र पसेर बलात्कार

काठमाडौं। भारतको नोएडाको गौतम बुद्ध नगरमा झस्काउने खालको बलात्कारको घटना भएको छ । नोएडाको फेस २ को भंगेल क्षेत्रमा एक महिला घरभित्र सुतेकी थिइन् । उनका श्रीमान छतमा सुतिरहेका थिए । महिलालाई आफ्ना श्रीमान राती उठेर घरभित्र आउँछन् भन्ने लागेको थियो त्यसैले उनले घरको ढोका खुल्लै राखेर सुतेकी थिइन् । भारतीय मिडियाका अनुसार घरको ढोका खुल्लै देखेपछि छिमेकका एक युवक छतको बाटो घरभित्र पसेर महिलालाई बलात्कार गरे । पुलिसले सूचनापछि मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरेको छ । जाँच अधिकारीले भारतीय मिडियालाई बताएअनुसार यी महिलाले छिमेकका रिंकु नामका एक युवकमाथि बलात्कारको आरोप लगाएकी छिन् । रिंकुले महिलालाई डर धम्की देखाएर…
Read More
जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश

जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश

मोरङ । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जसपा परित्याग गरी कांग्रेसमा गएका हुन्। त्यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। शुक्रबार उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले टीका लगाएर पार्टीमा स्वागत गरेका छन्। चुनावको मिति नजिकिन थालेपछि राजनीतिक वृत्त तातिन थालेको छ। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो। नव प्रवेशीहरुले पार्टीलाई थप बलियो बनाएर अघि बढ्ने बताएका छन्।
Read More
दीपावलीपछि नयाँ दिल्लीमा प्रदूषण उच्च, घाँटी चिलाउने तथा आँखा दुख्ने समस्या बढ्यो

दीपावलीपछि नयाँ दिल्लीमा प्रदूषण उच्च, घाँटी चिलाउने तथा आँखा दुख्ने समस्या बढ्यो

काठमाडौं : शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तरको सूचकांक ‘खतरनाक’ श्रेणीमा सूचीकृत भयो। बिहीबार दीपावलीमा मानिसहरुले प्रतिबन्ध उल्लंघन गर्दै पट्का पड्काए, जसको कारण नयाँ दिल्ली शुक्रबार बिहान धुवाँको कम्बलमुनि उठ्यो। तापक्रम घटेसँगै हावाको गति न्यून भएपछि प्रदूषक जम्मा भएकाले बिहीबार अपराह्न ४ बजे ३ सय ८२ रहेको उक्त सहरको वायु गुणस्तर सूचक सोही दिन बेलुका गम्भीर जोनमा प्रवेश गरेको थियो। शुक्रबार बिहान दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा पार्टिकुलेट म्याटर (पिएम) को सांद्रता ९९९ प्रति घनमिटर रहेको थियो, जुन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको पिएम २५ को सुरक्षित सीमाभन्दा बढी थियो। हावामा उत्पन्न भएको पिएम २.५ ले फोक्सोका क्यान्सरजस्ता…
Read More
आज भाइटीका : उत्तम साइत ११ बजेर दुई मिनेट, कुन देशमा कति बेला छ साइत ?

आज भाइटीका : उत्तम साइत ११ बजेर दुई मिनेट, कुन देशमा कति बेला छ साइत ?

काठमाडौं : तिहारको पाँचौं अर्थात् आज (शनिबार) भाइटीका लगाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो। यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने, राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्ने समितिले जनाएको छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिने तथा सकेसम्म उपहार दिने प्रचलन रहेको छ।…
Read More
स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार मनाऔँ : प्रधानमन्त्री

स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार मनाऔँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् । भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरे । सन्देशमा कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ । सन्देशमा प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा…
Read More
भारत टी–२० विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना जीवितै

भारत टी–२० विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना जीवितै

एजेन्सी । आइसिसि टी–२० विश्वकप २०२१ अन्तर्गतको खेलमा भारतले स्कटल्यान्डलाई ८ विकेटले हराएको छ। सुपर १२ को समूह २ मा रहेको भारतले स्कटल्यान्डमाथि फराकिलो जित निकाल्दै नेटरनरेटमा सुधार गरेर सेमिफाइनल पुग्न सम्भावना जीवितै राखेको छ। जितका लागि ८६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। भारतका ओपनर लोकेश राहुलले १९ बलमा ६ चौका र ३ छक्का सहित ५० रनमा आउट भए। रोहित शर्मा १६ बलमा ५ चौका र १ छक्का सहित ३० रनमा एलबीडब्लू आउट भए। सूर्यकुमार यादव ६ र विराट कोहली २ रनमा अविजित रहे। त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ…
Read More
ग्यासको सिलिण्डर विस्फोट : मृतक ४ जनाको पहिचान खुल्यो, ५ जना अस्पताल भर्ना

ग्यासको सिलिण्डर विस्फोट : मृतक ४ जनाको पहिचान खुल्यो, ५ जना अस्पताल भर्ना

ललितपुर । ललितपुरको मंगलबजारमा भएको ग्यास सिलिण्डर विस्फोटमा मृत्यु हुने ४ जनाको पहिचान खुलेको छ। मृतकहरुमा लक्ष्मीकृष्ण ताम्राकार, अन्जना ताम्राकार, रजना ताम्राकार र निर्मल ताम्राकार रहेको प्रहरीले जानकारी दिएको छ। शुक्रबार बेलुका ६ बजेर ३६ मिनेटमा मंगलबाजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट भएको थियो। विस्फोटमा ज्यान गुमाउनेहरु एकै परिवारका सदस्य भएको बताइएको छ। सो विस्फोटमा अन्य ५ जना घाइते भएका छन्। उनीहरुलाई अस्पताल लगिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिएकी छिन्। घाइते हुनेमा स्नेहा, अरूष, अनार, आर्य र सर्जु ताम्राकार रहेको प्रहरीले जनाएको छ। ग्यास विस्फोट भएर आगलागी भएपछि प्रहरीसहितकाके उद्धार टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा…
Read More
दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइदै

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइदै

काठमाडौं : आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ । सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको कथन छ । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुसार यसवर्षको भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा छ । भाइपूजा गर्ने विधि सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ ।…
Read More
१७ जना युवाद्वारा १७ वर्षीय किशोरीको सामूहिक बलात्कार

१७ जना युवाद्वारा १७ वर्षीय किशोरीको सामूहिक बलात्कार

एजेन्सी । काजाकिस्तानमा एक १७ वर्षीय किशोरीको अपरहण गरी सामूहिक बलात्कार भएको छ। क्याब ड्राइभर ती किशोरीलाई झुक्याएर अञ्जान ठाउँमा लगेका थिए जहाँ उनका साथीहरुले किशोरीको सामूहिक बलात्कार गरेका थिए। डेली मेलका अनुसार माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा थिइन्। १७ जनाले उनको पटकपटक बलात्कार गरेको र कुटपिट गरेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। पीडितले रोक्न खोज्दा उनलाई जदीमा डुबाएर मार्ने धम्की दिएको पनि खुलासा भएको छ। पीडित किशोरीका अनुसार उनी सामान किनेर बजारबाट घर जाँदै थिइन्। त्यसबेला उनलाई क्याब ड्राइभर धोका दिएर नसालु पदार्थ मिलाएका थिए। उनको होस आउँदा उनी अञ्जान नदी किनारमा पुगेकी थिइन् र उनको शरिरमा कुनै कपडा थिएन।…
Read More
एमसीसी संसदबाट पास गर्न सकिन्न : नारायणकाजी श्रेष्ठ

एमसीसी संसदबाट पास गर्न सकिन्न : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदबाट पास गर्न नसकिने बताएका छन्। एमसीसीलाई संशोधन नभएसम्म पारित हुन सकने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले यसअघि नै पार्टीले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार माओवादी केन्द्र अघि बढ्ने बताए। ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो नै हाम्रो पार्टी नेकपा (नेकपा माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो।’ उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.