नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिला
काठमाडौं । नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ । सो पार्टीले आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि एक तिहाइ महिला प्रतिनिधि र केन्द्रीय कमिटीमा सोही अनुपानमा अनिवार्य प्रतिनिधित्व गराउने निश्चित भएको छ । एमालेले यही कात्तिक ६ गते वडा र ९ गते पालिकास्तरमा अधिवेशनका लागि मिति तय गरेकामा अधिकांशमा नयाँ नेतृत्व चयन हुँदा विधानको उक्त…