Year: 2021

कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सो पार्टीले कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले अर्को साताको आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताए । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।
Read More
ललितपुरमा २२ वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला

ललितपुरमा २२ वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं। ललितपुरको ज्वागलमा एक युवती मृत भेटिएकी छन् । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेका थिए। अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो । उनका अनुसार शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । घटनास्थलमा खटिएका ललितपुर प्रहरी डीएसपी दिपक भारतीका अनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन ।
Read More
सल्यान बस दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या १२ पुग्याे

सल्यान बस दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या १२ पुग्याे

दाङ : सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया बाह्र पुगेको छ । शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो । मृतक भएका १२ जना मध्य १० महिला २ पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नाै जनाकाे भने परिचय खुल्न बाँकी रहेकाे छ ।
Read More
भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै मोदी लोकप्रिय नेता चुनिएका हुन् । विश्वका वयस्क मानिसहरुबीच गरिएको सो सर्वेक्षणमा मोदीलाई ७० प्रतिशतले मन पराएका छन् । सर्वेक्षणमा मोदीपछि मेक्सिकोका राष्ट्रपति लोपेज ओब्रदर लोकप्रिय देखिएका छन् । उनको एप्रोभल रेटिङ ६६ प्रतिशत छ । एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्…
Read More
एमाले निर्वाचन आयोगका अध्यक्षको मृत्यु

एमाले निर्वाचन आयोगका अध्यक्षको मृत्यु

सुर्खेत : नेकपा एमाले कालीकोटका निर्वाचन आयोगका अध्यक्ष प्रेमबहादुर शाहीको मृत्यु भएको छ । कालीकोट खाडाँचक्र नगरपालिका–१ निवासमा उनको शनिबार राति मृत्यु भएको हो । लामो समयदेखि बिरामी रहेका उनी घरैमा आराम गरिरहेका थिए । पूर्व गाविससचिव समेत रहेका शाही नेकपा एमालेबाट खाडाँचक्र नगरपालिका–१ मा वडा सदस्यमा विजयी भएका थिए ।
Read More
कसरी सकिन्छ एटिएम कार्ड बिनै रकम झिक्न ?

कसरी सकिन्छ एटिएम कार्ड बिनै रकम झिक्न ?

काठमाडाैं : सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal) को सुरुवात गरेको छ । यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् । बैंकको यो नवीनतम सुविधा प्रयोग गर्नका लागि यस बैंकको NIC ASIA MoBank प्रयोगकर्ताहरूले एप भित्र रहेको Cardless Withdrawal आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर Transaction PIN वा Fingerprint राखेर Verify गरेपश्चात्…
Read More
देउसी समूहलाई बसले ठक्कर दियो, दुई जनाको मृत्यु

देउसी समूहलाई बसले ठक्कर दियो, दुई जनाको मृत्यु

हेटौंडा : मकवानपुरमा बसले देउसीभैलो समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये सात जना उपचारपछि घर फर्केका छन् । एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Read More
विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६० रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?
Read More
प्रदेश २ मा माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक (सूचीसहित)

प्रदेश २ मा माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो । धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकेको छ । पर्सा जिल्लाको हकमा पूर्व पदाधिकारी (सचिव) इन्चार्ज भएकाले जिल्ला नेतृत्वसँग परामर्श गरी रामदरेश कुशवाहलाई संयोजक…
Read More
लाठी प्रहार गरी श्रीमानले गरे कान्छी श्रीमतीको हत्या

लाठी प्रहार गरी श्रीमानले गरे कान्छी श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । उनी थापाका कान्छी श्रीमती हुन् । हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.