Year: 2021

यस्तो छ आज कार्तिक २० गते शनिबारको राशिफल

यस्तो छ आज कार्तिक २० गते शनिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईने छ ।…
Read More
जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ

जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ

सुर्खेत । रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी) ३४ वर्षीय कमल वुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामत गरेको छ ।
Read More
प्रधानमन्त्री देउवापछि प्रचण्डले गरे एमसीसीबारे यस्तो खुलासा, के अब होला संसदबाट पारित ?

प्रधानमन्त्री देउवापछि प्रचण्डले गरे एमसीसीबारे यस्तो खुलासा, के अब होला संसदबाट पारित ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नयाँ खुलासा गरेका छन् । प्रचण्डले एमसीसी पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्रीको दाबीको खण्डन गर्दै नयाँ खुलासा गरेका हुन् । राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको उनको दाबी छ । बिहीबार बेलायत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको दाबी गरेका थिए । देउवाको अभिव्यक्तिले सत्तारुढ गठबन्धनमा एमसीसीलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको दाबीभन्दा केही…
Read More
नेपालमा भाइटीकाको साइत ११ : २ बजे उत्तम, कुन देशमा कति बेला छ ?

नेपालमा भाइटीकाको साइत ११ : २ बजे उत्तम, कुन देशमा कति बेला छ ?

काठमाडौं : तिहारको पाँचौं अर्थात् शनिबार भाइटीका लगाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो। यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने, राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्ने समितिले जनाएको छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिने तथा सकेसम्म उपहार दिने प्रचलन रहेको छ। दिदीबहिनीले…
Read More
थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक!

थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक!

काठमाडौं । थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक देखिएको छ । शुक्रबार थारू आयोगको वेबसाइट https://tharucommission.gov.np/ मा भिजिट गर्दा उक्त अश्लील लिंक खुल्ने गरेको थियो । भिजिटको क्रममा वेबसाइटको ब्यानरमा देखिने आयोगको स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्दा अश्लील वेबसाइटको लिंक देखिएको हो । दिउँसो सवा १२ देखि साढे १२ को बीचमा स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्न खोज्दा पटक पटक अश्लील वेबसाइटको लिंक देखिएको थियो । यस सम्बन्धमा थारू आयोगका अध्यक्ष माननीय बिष्णु प्रसाद चौधरीसँग सम्पर्क गर्दा उनले यस्तो समस्याले आफू आजित भएको बताए । उनले भने, ‘बीच बीचमा यस्तो समस्या देखिने गुनासो आएका छन् । हाम्रो वेबसाइट बनाउनेले यो समस्या…
Read More
एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले दियो योगेश भट्टराईलाई चेतावनी

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले दियो योगेश भट्टराईलाई चेतावनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई आफूहरूसँग जोरी नखोज्न चेतावनी दिएको छ। भट्टराईले केही दिनअघिको पत्रकार सम्मेलनमा एमाले महाधिवेशनमा राष्ट्रिय मान्यता प्राप्त दलको पहिचान र ठेगाना खुलेका प्रमुख दलहरुलाई आमन्त्रण गर्ने तर समाजवादी दललाई आमन्त्रण नगर्ने अभिव्यक्ति दिएका थिए । उनले एकीकृत समाजवादीलाई राजनीतिक शक्तिहरुको अवैध सम्बन्धबाट जन्मिएको समूह भनी टिप्पणी गरेका थिए । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति जारी गरी भट्टराईले आफ्नो कद घटाउने काम गरेको बताएका छन् । ‘समाजवादको झण्डा बोकेर देशभर सशक्त संगठन निर्माण गरिरहेको हाम्रो पार्टीबारे भट्टराईले व्यक्त गरेको अभिव्यक्ति कुण्ठाबाहेक केही हुनै सक्दैन, अनेरास्ववियू भट्टराईलाई स्पष्ट पार्न…
Read More
भक्तपुरबाट को बन्दैछन् मन्त्री ?, सार्वजनिक कार्यक्रममा देउवाले गरे यस्तो खुलासा

भक्तपुरबाट को बन्दैछन् मन्त्री ?, सार्वजनिक कार्यक्रममा देउवाले गरे यस्तो खुलासा

भक्तपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका एक सांसदलाई मन्त्री बनाउने आश्वासन दिएका छन् । शुक्रबार भक्तपुरमा तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले भक्तपुरका एक सांसदलाई बागमती प्रदेश सरकारको मन्त्री बनाउने आश्वासन दिएका हुन् । प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे। बेलायतमा मन्त्रीहरुले एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उनले सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गरे । त्यस्तै प्रधानमन्त्री देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने बताए । प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन् । उनले पार्टीको…
Read More
देउसी खेलेर फर्कदै गरेका कलाकारहरु चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते, ५ को अवस्था गम्भीर

देउसी खेलेर फर्कदै गरेका कलाकारहरु चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते, ५ को अवस्था गम्भीर

हेटौंडा । लक्ष्मीपूजाको दिन देउसी खेल्न गएका कलाकारहरु चढेको बस मकवानपुरको बकैयामा पल्टिँदा ३२ जना घाइते भएका छन् । गए राति करिब सवा १ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका–४ अजिङ्गरेमा देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया–३ हात्तिसुडे देउसी खेली फर्किने क्रममा बागमती प्रदेश ०३–००१ ख १३०९ नम्बरको बस दुर्घटनामा परेको हो । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।
Read More
प्रधानमन्त्रीलाई रावलको प्रश्न, ‘प्रचण्डको पत्र एमसीसीमा के हैसियतले पठाइयो ?’

प्रधानमन्त्रीलाई रावलको प्रश्न, ‘प्रचण्डको पत्र एमसीसीमा के हैसियतले पठाइयो ?’

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्र एमसीसीमा के हैसियतले पठाइयो भन्ने प्रश्न गरेका छन्। ट्वीटरमार्फत उनले एमसीसी सम्झौताबारे पठाइएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन्। संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कनेक्रममा बिहीबार बिहान त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेको जानकारी गराएका थिए। बेलायतमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी छलफल गरेकी थिइन्। देउवाले आफूसँग एमसीसी संसद्बाट अनुमोदनबारेमा कुरा राखेको र सत्ता…
Read More
साहसिक महिलाको कथा : जो तालिबानको कठोर बन्धन तोड्दै केटीहरुलाई पढाइरहेकी छिन्

साहसिक महिलाको कथा : जो तालिबानको कठोर बन्धन तोड्दै केटीहरुलाई पढाइरहेकी छिन्

एजेन्सी । १५ अगस्ट २०२१ मा जब तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिए तब उनीहरुले महिला र केटीहरूलाई घरभित्रै बस्न भने। केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाइयो। अफगानिस्तान बाहिर बस्दै आएकी अफगान मूलकी महिला एन्जेला गयुरले केटीहरूको पढाइ अलमलमा परेको देखेर यसबारे केही गर्नुपर्छ भन्ने सोचिन्।अहिले उनको अनलाइन स्कूलमा एक हजार भन्दा बढी केटीहरू छन् भने ४ सयभन्दा बढी स्वयंसेवक शिक्षकहरू छन्। सन् १९९२ मा अफगानिस्तान गृहयुद्धमा फसेको बेला एन्जेला आठ वर्षकी थिइन्। देशको पश्चिमी सहर हेरातमा बस्दै आएको उनको परिवार शरण लिन इरान पुगेको थियो। एन्जेला अर्को पाँच वर्ष स्कूल जान सकिनन्। परिवारको अस्थायी भिसाका कारण उनी स्कूल जान योग्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.