Year: 2021

नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउँछ : प्रधानमन्त्री

नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपाल संवेतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्। विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन यसले प्रेरणा प्रदान गर्ने उनले बताएका छन्। नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको प्रधानमन्त्री देउवाले उल्लेख गरे। नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव…
Read More
लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात

लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात

काठमाडौं : यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो । प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो । विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको…
Read More
अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

एजेन्सी : चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो । तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी , पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा नै कारोबार गर्न कडा निर्देशन दिएका छौ,’ तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले भनेका थिए । अफगान बजारमा अहिले पनि अमेरिकी डलर प्रयोग हुन्छ । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानसँगको व्यापारमा पनि डलरको प्रयोग हुन्छ । अफगानिस्तानको कूल खर्चमध्ये दुई तिहाई खर्च विदेशी अनुदानमा सञ्चालित छ । यसै…
Read More
तालिबान सत्तामा आएपछि कसरी बदलियो अफगान नागरिकको जीवन ? भन्छन् –‘जिउँदै मरिरहेका छौं’

तालिबान सत्तामा आएपछि कसरी बदलियो अफगान नागरिकको जीवन ? भन्छन् –‘जिउँदै मरिरहेका छौं’

एजेन्सी । अफगानिस्तानमा तालिबान सत्तामा आएपछि पूरै देशको जनजीवन अस्तव्यस्त भएको छ । एक पत्रकारले हालै अफगान जनतालाई तालिबान सत्तामा आउनु अघि र पछि उनीहरूको जीवनमा आएको परिवर्तनका बारेमा सोधेका छन्। त्यसक्रममा धेरैले उनीहरूको जीवन र परिस्थितिमा ठूलो परिवर्तन भएको बताए। बीबीसीले केही सामाजिक कार्यकर्ता र कार्यालयका कर्मचारीहरूसँग कुरा गरेको छ। उनीहरुको कथा र तालिबानको शासनपछि आएको परिवर्तनबारे उनीहरुसँग कुरा गरिएको छ। बीबीसीले सुरक्षा र गोपनीयताका कारण आफ्ना कथाहरू सुनाउने व्यक्तिहरूको नाम परिवर्तन गरेको छ। अहमद : मेरो लागि जीवन झनै कठिन भएको छ तालिबान सत्तामा आउनुअघि अहमद सन् २०१९ देखि अफगानिस्तानको एउटा निजी कम्पनीमा प्रबन्धकको रूपमा कार्यरत थिए। उनले…
Read More
टी–२० विश्वकप : साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो

टी–२० विश्वकप : साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो

एजेन्सी । साविक विजेता वेस्टइन्डिज टि२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ मा रहेको वेस्टइन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । बिहीबार भएको खेलमा जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । वेस्टइन्डिजका लागि युवा ब्याटर शिम्रन हेटमायरले ५४ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ८१ रनको उत्कृष्ट अविजित पारी खेले । निकोलस पुरनले ३४ बलमा ६ चौका र १ छक्का सहित ४६ रन बनाए । श्रीलंका स्पिनर वान्दिुन हसरंगाले ४ ओभरमा १९ रन…
Read More
कोरोनाविरुद्धको खाने औषधी बन्यो, बेलायतले दियो प्रयोगको अनुमति

कोरोनाविरुद्धको खाने औषधी बन्यो, बेलायतले दियो प्रयोगको अनुमति

लन्डन । बेलायत संसारमा कोरोनाविरुद्धको खाने औषधि (गोली) लाई प्रयोगमा अनुमति दिने पहिलो देश बनेको छ । अमेरिकाको औषधि कम्पनी मर्क र रिजब्याक बायोथेराप्याटिक्सको साझा प्रयासमा विकसित गरिएको खाने औषधिलाई बेलायतमा अनुमति दिइएको हो । बेलायतका मेडिसन तथा हेल्थकेयर उत्पादनको नियामक प्राधिकरण एमएचआरएले मोलनूपीरावीर नामको यो औषधिलाई क्लिनिकल डाटाका आधारमा अनुमति दिएको हो । यो औषधि कोराना संक्रमण देखिएपछि संक्रमित भएको पाँच दिनपछि खान सकिने छ । यो संसारमा कोरोनाविरुद्ध खाने औषधिका रुपमा प्रयोगका लागि अनुमति पाउने पहिलो औषधि हो । उता अमेरिकी अधिकारीहरुले यसै महिना यो औषधि प्रयोगका लागि अनुमति दिने वा नदिने विषयमा निर्णय गर्ने बीबीसीले जनाएको छ।…
Read More
उपत्यकामा अपराध न्यूनीकरण गर्न प्रहरीले लियो यस्तो एक्सन, अब सार्वजनिक स्थानमा प्रहरीको निगरानी कडा

उपत्यकामा अपराध न्यूनीकरण गर्न प्रहरीले लियो यस्तो एक्सन, अब सार्वजनिक स्थानमा प्रहरीको निगरानी कडा

काठमाडौं : काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले उपत्यकामा सार्वजनिक खपतका सीसीटिभी म्यानुअल सिस्टमका मात्रै छन् । अब भिडियो म्यानेजमेन्ट सिस्टमअन्तर्गत अटोमेटिक डिडेक्टिभ सिस्टममा जानेगरी जडान हुँदैछन् । यसका लागि अप्टिकल फाइबर बिछ्याउने काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी नेपाल म्याक्स मौलिक तरंग कम्पनीले जनाएको छ । म्याक्सले तीनवटा कम्पनीको जोइन्ट भेन्चरका रुपमा काम गरिरहेको छ । अप्टिकल फाइबर तार विछ्याउने काम सकिएपछि कम्पनीलेमात्रै उपत्यकाभरी मुख्य मुख्य रुटमा १६१ वटा क्यामेरा जडान गर्नेछ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले…
Read More
योगाभ्यास गर्दा यी कुरामा ख्याल गर्नैपर्छ

योगाभ्यास गर्दा यी कुरामा ख्याल गर्नैपर्छ

काठमाडौं । योगको अभ्यास गर्दा केही महत्त्वपूर्ण पक्षहरूमा विशेष ध्यान दिनुपर्छ । यहाँ ती पक्षहरूमा चर्चा गरिएको छ, जसले योगको अभ्यास गर्दा सहायता गर्छन् । १ आँखा बन्द रहनुपर्छ मनुष्यको निम्ति देख्न सक्ने क्षमता सबैभन्दा प्रबल हुन्छ । जब तपाईं आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ, पूरै संसार बिलाउँछ— यदि तपाईंले आफ्नो दिमागमा आफ्नै काल्पनिक संसार निर्माण गर्नुभएको छ भने, त्यो बेग्लै कुरा हो ! यदि कुनै पनि कुरालाई आफूभित्र समाहित गर्नुपर्ने छ भने, आँखाहरू स्वत: बन्द हुन्छन्, किनकि आँखाले हामीलाई बाहिरी संसारमा तल्लिन राख्छन् । यदि तपाईंले आँखा बन्द गर्नुभयो भने, तपाईं अझैपनि सुन्न, सुँघ्न र महसुस गर्न सक्नुहुन्छ, तर आधा…
Read More
जाजरकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

जाजरकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

जाजरकोट : जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ । १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । धनबहादुर चालक हुन् ।
Read More
कस्ताे छ आजकाे माैसम ?

कस्ताे छ आजकाे माैसम ?

काठमाडौं : आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सामान्य बदलीको आँकलन गरिएको छ । शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.