Year: 2021

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

जाजरकोट : बारेकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सिंहसहित खसकी हुन् । खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मुख, टाउको र शरीरमा गहिरो चोट लागेकाले छोरीको अवस्था गम्भीर रहेको उनले बताए । छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बेपत्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Read More
आज तिहारको चौथो दिन : गाई, गोरु, गोवर्द्धन र हलि पूजा

आज तिहारको चौथो दिन : गाई, गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास…
Read More
यस्तो छ कार्तिक १९ गते शुक्रबारको राशिफल

यस्तो छ कार्तिक १९ गते शुक्रबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक १९ गते शुक्रबारको राशिफल हेर्नुहोस्ः मेष कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ । वृष लाभ, हानी, सुख, दुख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामले पनि गति लिनेछ । मिथुन जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन् । कर्कट आज शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र…
Read More
अफगानिस्तानमा ठूलो परिवर्तनको संकेत, ५ वर्षपछि तालिबान सर्वोच्च नेता सार्वजनिक

अफगानिस्तानमा ठूलो परिवर्तनको संकेत, ५ वर्षपछि तालिबान सर्वोच्च नेता सार्वजनिक

काठमाडौं : ५ वर्षसम्म पर्दापछाडि रहेर आफ्नो संगठनलाई शक्तिशाली बनाइरहेका तालिबान सर्वोच्च नेता हिबतुल्ला अखुंदजादा सार्वजनिक भएका छन् । अखुंदजादाले तालिबानका संस्थापक प्रमुख मुल्ला उमरको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएपछि २०१६ मा संगठनको सर्वोच्च पद सम्हालेका थिए । तालिबान अधिकारीहरुले आइतबार अखुंदजादाले अफगानिस्तानको कान्दाहार सहरमा आम जनतालाई सम्बोधन गरेको बताएका छन् । तालिबानले अगष्ट १५ मा अफगानिस्तानमा पूर्ण रुपमा नियन्त्रण गरेपछि पनि अखुंखजादा सार्वजनिक भएका थिएनन् । अफगानिस्तानमा तालिबान नियन्त्रण स्थापित भएको अढाइ महिनापछि मात्रै अखुंदजादा सार्वजनिक रुपमा देखिएका छन् । २०१६ मा तालिबानको सर्वोच्च नेता भएपछि नै भूमिगत रहेका अखुंदजादा अहिले यसरी सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।…
Read More
बलिउडमा डेब्यु गर्दै डेनीका छोरा

बलिउडमा डेब्यु गर्दै डेनीका छोरा

काठमाडौं : नेपाली मूलका भारतीय अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपा बलिउडमा डेब्यु गर्ने भएका छन् । उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ। फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् । बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन् । उनले भारतीय मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै छोरा अभिनयमा आएकोमा खुसी व्यक्त गरे । ‘मेरो इच्छा थियो, छोरा अभिनयमा ओस भन्ने । उनी आफैँमा लगाव बढेर अभिनयमा आएको हुन् । उनलाई शुभकामना छ’, डेनीले भने । राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतको अभिनय…
Read More
तालिबानको हक्कानी नेटवर्ककका कमाण्डरलाई इस्लामिक स्टेटले मारिदियो

तालिबानको हक्कानी नेटवर्ककका कमाण्डरलाई इस्लामिक स्टेटले मारिदियो

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा रहेको सैनिक अस्पतालमा मंगलबार भएको विष्फोटमा तालिबानका एक शीर्ष कमाण्डर पनि मारिएका छन् । तालिबानका अधिकारीहरुले आफ्ना शीर्ष कमाण्डर मारिएको पुष्टि गरेका हुन् । मारिएका तालिबान सरकारको काबुल मिलिट्री कर्प्सका प्रमुख हमदुल्लाह मुखलिस हक्कानी नेटवर्कका सदस्य थिए । हमदुल्लाह तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि मारिने सबैभन्दा उच्च पदका अधिकारी हुन् । तालिबानी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार सरदार दाउद खान अस्पतालमा आक्रमण भएको सूचना पाएपछि हमदुल्ला मुखलिस तत्काल घटनास्थल पुगेका थिए । अस्पतालमा विद्रोहीसँगको लडाइँमा उनी मारिएका हुन् । अस्पतालमा मंगलबार भएको ष्यिफोटमा कूल १९ जना मारिएका छन् । तालिबानको विपक्षी गुट इस्लामिक स्टेट खुरासानले यसको जिम्मेवारी…
Read More
आकाशमा अचानक आयो एलियनको उडन तश्तरी, उडिरहेको विमानको पिछा गर्न थाल्यो

आकाशमा अचानक आयो एलियनको उडन तश्तरी, उडिरहेको विमानको पिछा गर्न थाल्यो

काठमाडौं। अमेरिकी पाइलटहरुले आकाशबाट आएको एक चम्किलो वस्तुलाई आफ्नो क्यामेरामा कैद गरेको दावी गरेका छन् । पाइलटहरुले जतिबेला यो घटना क्यामेरामा रेकर्ड गरे त्यतिबेला उनीहरुको विमान आकाशमा उडिरहेको थियो । यो चम्किलो वस्तु एलियनहरुको उडन तश्तरी भएको दावी गरिएको छ । आश्चर्यजनक रुपमा यो चम्किलो वस्तु उक्त विमानको साथ–साथ ३० मिनेटसम्म उडिरह्यो । डेलीमेलको एक रिपोर्टअनुसार भिडियोमा मेक्सिकोमाथि उडिरहेको फेडेक्सका पाइलटहरुले आफ्नो क्यामेरामा एक चम्किलो वस्तुलाई कैद गरेका छन् । विशेषज्ञहरुले यो युएफओ हुन सक्ने बताएका छन् । केही विशेषज्ञहरुले यसलाई एलियनको उडनतश्तरी भएको बताएका छन् । १९ आर्च २०२० मा यी पाइलटहरुले मेक्सिकोको मन्टेरीनजिकै कार्गो विमान उडाइरहेका बेला यो…
Read More
अफगानिस्तानमा अर्को भयानक युद्ध सुरु

अफगानिस्तानमा अर्को भयानक युद्ध सुरु

जलालाबाद (बीबीसी) : हर केही दिनमा अफगानिस्तानको पूर्वमा बसेको जलालाबाद सहरको बाहिरी क्षेत्रमा सडकका किनारामा लाशहरु देखिइरहेका छन् । कसैलाई गोली मारिएको थियो भने कसैलाई फाँसीमा झुण्ड्याइएको छ । कैयौं मानिसहरुको टाउको काटिएको छ । यीमध्ये कैयौं शवको साथमा हातले लेखिएका नोटहरु राखिएका छन् जसमा लेखिएको छ कि यिनीहरुको सम्बन्ध इस्लामिक स्टेट (आइएस)को अफगानिस्तान शाखासँग थियो । यी ती गैर न्यायिक र बर्बर हत्याहरु हुन् जसको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छेन । तर, मानिएको छ कि यी हत्याहरुको लागि तालिबान जिम्मेवार छ । आइएस तालिबानको कट्टर विरोधी मानिन्छ । यही वर्ष अगष्ट महिनामा आइएसले राजधानी काबुलमा रहेको एयरपोर्ट बाहिर आत्मघाती…
Read More
यी युवतीहरुका कारण भारत हारेको भन्दै सामाजिक संजालमा बबाल

यी युवतीहरुका कारण भारत हारेको भन्दै सामाजिक संजालमा बबाल

काठमाडौं : टि–२० विश्वकपमा भारतले लगातार २ खेल हारेको छ । आइतबार न्यूजिल्याण्डसँग हारेपछि भारतीय टिम फ्यानहरुको निशानामा परेको छ । फ्यानहरुले आफ्नो तर्फबाट गजबका तर्क दिइरहेका छन् । यस्तै एउटा तर्क केही युवतीहरुको तस्वीर भाइरल गराएर दिइएको छ । सामाजिक संजालमा यस्ता पोस्टहरु भाइरल भइरहेका छन् जसमा न्यूजिल्याण्डको समर्थनमा उभिएका केही युवतीहरुको तस्वीर शेयर गरिएका छन् । तर, यसको वास्तविकता भने अर्कै छ । खासमा न्यूजिल्याण्डसँग भारत हारेपछि सामाजिक संजालमा जुन तस्वीर भाइरल भइरहेको छ त्यसमा मोडलहरु केन्डल जेनर र जीजी हदीद कालो जर्सीमा देखिएका छन् । यो कालो जर्सी न्यूजिल्याण्डको जर्सीसँग मिल्दोजुल्दो देखिन्छ । कैयौं फेसबुक पेज र…
Read More
५० जना एयरहोस्टेसले बीच सडकमा आएर धमाधम कपडा खोल्न थाले

५० जना एयरहोस्टेसले बीच सडकमा आएर धमाधम कपडा खोल्न थाले

काठमाडौं। इटलीको नयाँ राष्ट्रिय एयरलाइन्स कम्पनीका कैयौं एयरहोस्टेसले बीच सडकमा उभिएर आफ्नो कपडा खोलेर कम्पनीको विरुद्ध विरोध प्रदर्शन गरेका छन् । इटलीको नयाँ एयरलाइन्स कम्पनी आइटिए एयरवेजमा भएको पारिश्रमिक कटौतीको विरोधमा यी एयरहोस्टेस सडकमा उत्रिएका थिए । उनीहरुले आफूहरुको मेहनतले कम्पनी सफलताको उचाइमा पुगेको भए पनि आफूहरुसँग अन्याय गरिएको आरोप लगाएका छन् । आइटिए एयरवेजका एयरहोस्टेसहरुले केहीलाई जागिरबाट निकालिएको र विशेषगरी सबैको पारिश्रमिक कटौती गरिएको विरोध कपडा खोलेर गरेका हुन् । लगभग ५० महिला एयरहोस्टेसहरु आफ्नो युनिफर्ममा सडकमा आए त्यसपछि उनीहरुले कपडा खोलेर आफ्नो भित्री वस्त्रमा उभिएर कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्न थाले । ट्रेड युनियनले पनि जो कर्मचारी कम्पनीमै रहेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.