Year: 2021

एमाले सिध्याउने सपना नदेख्‍न ओलीको चेतावनी

एमाले सिध्याउने सपना नदेख्‍न ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउने सपना नदेख्न चेतावनी दिएका छन् । ’गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह पनि गरे । ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्,' ओलीले भने, 'भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो ? भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरूका, म त्यसमा अरु केही भन्न चाहन्नँ ।’ सिंगै कांग्रेसले पनि एमालेसँग नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केही फरक नपर्ने उनले बताए ।…
Read More
प्रधानमन्त्री देउवासँग प्रधानन्यायाधीश राणाको आक्रोश, सबै खुलस्त पारिदिने चेतावनी

प्रधानमन्त्री देउवासँग प्रधानन्यायाधीश राणाको आक्रोश, सबै खुलस्त पारिदिने चेतावनी

काठमाडौं। विगत केही समयदेखि चरम विवादमा पर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सत्तारुढ गठबन्धनबाट आफूविरुद्ध अफवाह फैलाउने काम भएको भन्दै कडा आक्रोश पोखेका छन्। सर्बोच्च अदालतमा बारसम्बद्ध पदाधिकारीहरुसँग भेटी कार्तिक ८ गते सोमबार विहान ११ बजे बोलाएको फूलकोर्ट बैठकमा सर्बोच्च अदालतका १४ जना सहकर्मी न्यायाधीशहरु अनुपस्थित भएपछि आक्रोशित भएका प्रधानन्यायाधीश राणाले सोही दिन साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेका थिए। सुरक्षा स्रोतका अनुसार केही मिनेटमात्र लामो सो भेटमा प्रधानन्यायाधीश राणाले सत्तारुढ गठबन्धनले आफ्नाविरुद्ध परिस्थिति भड्काएको र असहज परिस्थिति ल्याई न्यायपालिकालाई थप विवादमा पारेको भन्दै आफूले राजीनामा दिएर पद नछाड्ने प्रष्ट धारणा प्रधानमन्त्री देउवासमक्ष राखेका…
Read More
‘घुँडामुनि हानेको टाउकोमै लागेछ’

‘घुँडामुनि हानेको टाउकोमै लागेछ’

काठमाडौं : नेकपा एकीकृत समाजवादीलाई नेकपा एमाले सचिव योगेश भट्टराईले जवाफ फर्काएका छन्। नेकपा एस अवैध गर्भधारणबाट जन्मिएको भन्ने आफ्नो अभिव्यक्तिमा एकीकृत समाजवादीका कार्यकर्ताले कडा प्रतिवाद गरेपछि एमाले सचिव भट्टराईले त्यसमा जवाफ फर्काएका हुन्। सामाजिक सञ्जाल ट्विटरमा उनले घुँडामुनि हानेको टाउकोमै लागेछ कि के हो भन्दै आफ्नो बचाउ गरेका छन्। ‘घुँडामुनि हानेको त टाउकोमै लागेछ कि के हो? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त,’ योगेशले लेखेका छन्। बुधबार दशौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध गर्भधारणबाट जन्मिएको बताएका थिए।
Read More
चीनको ज्यादती तिब्बतीयन बालबालिकामाथि बढ्यो, मातृभाषा सिक्न लगाइयो रोक

चीनको ज्यादती तिब्बतीयन बालबालिकामाथि बढ्यो, मातृभाषा सिक्न लगाइयो रोक

चीन : चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकालाई आफ्नो मातृभाषाको कक्षा लिन रोक लगाएका छन्। चीनले तिब्बती बालबालिकाहरुलाई विद्यालयमा चिनियाँ भाषामा पठनपाठन गराइरहेका छन्। विद्यालय बिदा भएका बेला समेत आफ्नो मातृभाषा सिक्न छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकाहरुलाई रोक लगाएका हुन्। विद्यालयमा आफ्नो मातृभाषा पढन नपाएपछि तिब्बती बालबालिकाहरुले बिदाको समयमा तिब्बती भाषा पढ्दै आएका थिए। चिनियाँ अधिकारीहरुले बिदाको समयमा समेत मातृभाषा पढ्नबाट रोक लगाएको रेडियो फ्री एसिया (आरएफए) मा समाचार छ। उत्तरपूर्वी तिब्बतको आम्दो गाउँबाट एक स्थानीयले यो सूचना आरएफएलाई दिएका थिए। विद्यालय बन्द हुँदा कुनैपनि व्यक्ति वा संस्थालाई हिउँदको बिदामा तिब्बती भाषा सिकाउन वा अनौपचारिक कक्षा वा कार्यशाला सञ्चालन गर्न…
Read More
एमसीसीबारे प्रधानमन्त्री देउवाले गरे यस्ताे खुलासा

एमसीसीबारे प्रधानमन्त्री देउवाले गरे यस्ताे खुलासा

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको पछिल्लो अभिव्यक्तिपछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ। संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केका प्रधानमन्त्री देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर एमसीसी पास गराउन पत्र लेखेको खुलासा गरे । त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग बोल्दै प्रधानमन्त्री देउवाले भने–‘प्रचण्डजी र मैंले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं।’ उनले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने पनि बताए । तर, माओवादी अध्यक्ष प्रचण्डले भने अहिलेकै अवस्थामा एमसीसी पारित हुनै नसक्ने बताउँदै आएका छन्।…
Read More
भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मले सम्बोधन गर्दै

भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मले सम्बोधन गर्दै

काठमाडौं : भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बालकुमारी थिमिमा हुनेछ । त्यसैगरी नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहंले पार्टीको मध्यपुर थिमि नगर कार्यसमितिले शुभ दिपावली, नेपाल सम्वत् ११४२ तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम विहान ८ बजे मध्यपुर थिमि-५ भुलांखेलमा हुनेछ । त्यस्तै…
Read More
आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । साथै प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति देशको पहाडी भूभागमा…
Read More
भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

नयाँ दिल्ली : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो । तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो । अनुमोदनपछि त्यसबारे चासो बढेको थियो । खोप निर्माता भरत बायोटेकले खोप ७८ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको थियो । बायोटेकका अध्यक्ष डा. कृष्ण इलाले खोप २०० प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएका थिए । खोपको जोखिमभन्दा पनि फाइदा भएको डब्लूएचओले एउटा ट््विटमा उल्लेख गरेको छ । गत महिना भरत बायोटेकले भरेर पठाएको फाईल…
Read More
न्यायलयको गल्ती ढाकछोप नगरौं, अदालतले नसके सच्याउने संसदले हो : बाबुराम भट्टराई

न्यायलयको गल्ती ढाकछोप नगरौं, अदालतले नसके सच्याउने संसदले हो : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले न्यायलयको विवादमा मुख खोलेका छन् । दलहरु मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राखेका छन् । न्यायलयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै बाबुरामले अदालतले गल्ती सच्याउन नसके संसद अघि सर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सिधै हटाउनुपर्छ त भनेका छैनन् तर उनको आशय जबराले राजीनामा नदिए महाभियोग लगाउन संसद अग्रसर हुनुपर्ने खालको छ । ‘शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन,’ बाबुरामले भनेका छन्, ‘राज्य/समाजका अरू…
Read More
प्रधानमन्त्री देउवा आज स्वदेश फकिँदै

प्रधानमन्त्री देउवा आज स्वदेश फकिँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कँदै छन् । यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली बुधबार स्थानीय समय दिउँसो १ः५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै आज बिहान काडमाडौँ आइपुग्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनीबाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै छन् । स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.