Year: 2021

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

काठमाडौं । सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् । यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका थिएनन् । कोभिड–१९ कारण परीक्षा नहुँदा संख्या नथपिएसँगै पुराना लाइसेन्सको छपाइसमेत सकिने अवस्थामा पुगे पनि पुनः लाइसेन्स छपाइको काम थुप्रिन पुगेको छ । यातायात व्यवस्था विभागले कोभिडलगायतका कारण कार्ड खरिद गर्न नसकेको वहाना बनाएर गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण बन्द गरेको छ । विभागले…
Read More
हवाई भाडा बढ्यो, तिहार र छठका यात्रु मर्कामा

हवाई भाडा बढ्यो, तिहार र छठका यात्रु मर्कामा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रुटमा प्रतियात्रु ४ सय ४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् । वायुसेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि नै लागू हुनेगरी, काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरैप्रति यात्रु अहिलेको भन्दा ४ सय ४० रुपैयाँले भाडा वृद्धि गरेका छन् । यसैगरी, काठमाडौंबाट सबैभन्दा कम काठमाडौं– सिमारा छोटो दूरीको रुटमा प्रति यात्रु ९५ रुपैयाँ भाडा वृद्धि गरेका छन् । जसका कारण तिहार र छठका हवाई…
Read More
सहरी विकासमन्त्री झाँक्री डिस्चार्ज, केही दिन भेटघाट नगर्ने

सहरी विकासमन्त्री झाँक्री डिस्चार्ज, केही दिन भेटघाट नगर्ने

काठमाडौं : सहकारी विकास मन्त्री एवं नेकपा (एकीकृत) समाजवादीकी नेतृ रामकुमारी झाँक्री डिस्चार्ज भएकी छन् । छातिमा निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचाररत झाँक्री बुधबार साँझ डिस्चार्ज भएकी हुन् । झाँक्रीले आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको अनुरोध गरेकी छन् । उनले आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने शुभचिन्तकलाई धन्यवाद पनि दिएकी छन् ।
Read More
टी–२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कति ?

टी–२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कति ?

एजेन्सी : आइसिसी टि२० विश्वकप २०२१ मा भारतले पहिलो जित निकालेको छ। सुपर १२ को समूह २ मा रहेको भारतले बुधबार राती अफगानिस्तानलाई ६६ रनले हराएको हो। जितसँगै भारतले सेमिफाइनलको झिनो अंक गणीतिय आशा कायमै राखेको छ। जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो। अफगानिस्तानका करिम जन्नत २२ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे। मोहम्मद नाबीले ३२ बलमा २ चौका र १ छक्का सहित ३५ रन बनाए। ओपनर हज्रातुल्लाह जजाई १३, मोहम्मद शाहजाद शून्य र रहमानउल्लाह गुर्बाज १९ रनमा आउट…
Read More
फेरि प्रेमिका युलियासँगै देखिए सलमान खान

फेरि प्रेमिका युलियासँगै देखिए सलमान खान

एजेन्सी । बलिउडमा दीपावली मनाउन थालिएको छ । मंगलबार राती निर्देशक रमेश तौरानीले आफ्नो घरमा दिवाली पार्टी आयोजना गरेका थिए । जहाँ बी टाउनका चर्चित स्टारहरु पुगेका थिए । यस पार्टीको शान बढाउन सलमान खान पनि पुगेका थिए । पार्टीमा उनकी कथित प्रेमिका युलिया वन्तुर पनि देखा परिन् । सलमान–युलियाले सँगै पोज दिएनन् सलमान खान र युलिया वन्तु दिपावली पार्टीका लागि रमेश तौरानीको घर पुगेका थिए । दुवैले पार्टीमा छुट्टाछुट्टै प्रवेश गरे । उनीहरुले मिडियासामु सँगै पोज समेत दिएनन् । हालै यी दुवै आयुष शर्माको जन्मदिनको पार्टीमा सँगै पुगेका थिए । तर यहाँ पनि तिनीहरूले पापाराजीको लागि सँगै पोज दिएनन्।…
Read More
आज यमपञ्चकको तेस्रो दिन : धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा

आज यमपञ्चकको तेस्रो दिन : धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ-याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो…
Read More
यस्तो छ कार्तिक १८ गते बिहीबारको राशिफल

यस्तो छ कार्तिक १८ गते बिहीबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक १८ गते बिहीबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।…
Read More
निगम बेच्न खोज्ने गिरोहलाई मन्त्री आलेको संरक्षण, अख्तियारद्वारा कारबाही गर्न निर्देशन !

निगम बेच्न खोज्ने गिरोहलाई मन्त्री आलेको संरक्षण, अख्तियारद्वारा कारबाही गर्न निर्देशन !

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौड्याल र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने निगम बेच्ने धन्दामा संलग्न रहेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले दुबै जनाबिरुद्द छानविन प्रक्रिया अगाडि बढाएसँगै उनीहरु निगम बेच्ने धन्दामा संलग्न रहेको खुलेको हो। अहिले पौडेल र लामिछानेको पद नै धरापमा परेको छ। उनीहरुलाई कारबाही गर्न अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएपछि उनीहरुको पद धरापमा परेको हो । तर, पर्यटन मन्त्री प्रेम आले भने चुप लागेर बसेका छन्। अख्तियारको छानविनमा तानिएका पौडेल दिनहुँजसो मन्त्री आलेको कार्यकक्षमा भेटिन्छन्। । अख्तियारले गत असोज २२ गते पर्यटन मन्त्रालयलाई निर्देशनात्मक पत्र लेख्दै कारबाहीका लागि सिफारिस…
Read More
‘नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार’

‘नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार’

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई नेताबीच द्विपक्षीय पक्षीय सम्बन्धलगायका विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार, रेल मार्ग, पेट्रोलियम पाईप लाईन, पुर्ननिर्माणका परियोजनालगायका क्षेत्रमा भारतले गरेको सहयोगप्रति मोदीलाई धन्यवाद दिएका थिए । त्यस्तै, कोभिडबिरुद्धको खोप र अत्यावसेकीय औषधी आपूर्तीमा नेपाललाई भारतले प्रदान गरेको सहयोगप्रति पनि प्रधानमन्त्री देउवाले मोदीलाई धन्यवाद दिएका थिए । विगतमा जस्तै रसायनिक मलको आपूर्तिमा भारतको निरन्तर सहयोग हुने पनि देउवाले…
Read More
आज कुकुर तिहार

आज कुकुर तिहार

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ। आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.