Year: 2021

फलदायी छलफल भयो : भारतीय प्रधानमन्त्री मोदी

फलदायी छलफल भयो : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। उनीहरूबीच मंगलबार स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता भएको हो। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले भेटवार्ता गरेका हुन्। उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ । त्यसैगरी जलवायु, कोभिड-१९ बारे पनि छलफल भएको छ । त्यस्तै कोरोना महामारीपछि कसरी फड्को मार्ने विषयमा पनि छलफल भएको बताइएको छ । त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले भेटमा भएको छलफलका विषयमा सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'प्रधानमन्त्री शेरबहादुर देउवासँग भारत-नेपाल…
Read More
२ पिल्लरमा अडिएको विश्वकै सानो देश, जहाँ बस्छन् २७ जना मानिस

२ पिल्लरमा अडिएको विश्वकै सानो देश, जहाँ बस्छन् २७ जना मानिस

काठमाडौँ : दुई पिल्लरमा अडिएको एक यस्तो देश जहाँ २७ जना मात्र बसोबास गर्छन। इंगल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको सील्याण्ड माइक्रो नेसनका नामले पनि चिनिन्छ । सुन्दा अच्चम्म लाग्छ तर यो सत्य हो। मात्र शून्य दशमलव शून्य शून्य एक वर्ग किलोमिटर क्षेत्रफल भएको सील्याण्ड युरोपको बिकसित देश बेलायतको नजिकै रहेको छ । यसले आफूलाई विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्दछ ।यस देशका राष्ट्रपति, प्रधानमन्त्री वा मालिक जो भनेपनि रोय बेट्स नामक एक व्यक्ति थिए । उनको मृ’त्यु पश्चात् त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् । यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ…
Read More
जबराविरुद्ध झन् कडा

जबराविरुद्ध झन् कडा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव न्यायाधीश र कानुन व्यवसायीले अस्वीकार गरेका छन्। उनीहरूले राजीनामा नै सम्मानजनक बहिर्गमन भएको अडान लिएका छन्। प्रधानन्यायाधीश जबराले मंगलबार सर्वोच्च अदालतमा १० वटा मुद्दाको पेसी तोके पनि असन्तुष्ट न्यायाधीशले इजलास बहिष्कार गरेका छन्। उनीहरूले सोमबार भने ६ वटा बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरेका थिए। ‘सम्मानजनक ढंगले बहिर्गमनको प्रस्तावपछि हामी लचक भएका थियौं। बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्‍यौं’, एक न्यायाधीशले भने, ‘तर, हाम्रो लचकतालाई कमजोरी सम्झेपछि इजलासमा सहभागी नहुने निर्णय गरेका हौं।’ प्रधानन्यायाधीश र असन्तुष्ट न्यायाधीशका तर्फबाट गठित वार्ता टोलीबीच विश्वासको संकट बढेको छ। न्यायाधीश अनिलकुमारर सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मासँगको छलफलमा…
Read More
कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं : आज बुधबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पहाडी भूभागमा आंशिक बदली…
Read More
लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ

लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ

बुटवल : रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा-४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका-११ का दीपक नेपाली पक्राउ परेका हुन् । बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट ११ ग्राम ब्राउनसुगर जफत गरिएकाे छ। इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल-१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल बस्ने रवी लामा रहेका छन् । उनकाे साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।
Read More
योग गर्ने कि जिम जाने?

योग गर्ने कि जिम जाने?

काठमाडौं : मानिसको मांसपेशी–प्रणाली असाधारण छ । हाम्रा मांसपेशीहरूले अद्भुत काम गर्न सक्छन् । मांसपेशीहरूले काम गर्ने क्षमतालाई बढाउन तिनलाई बलियो एवं एकदमै लचिलो राख्नुपर्ने हुन्छ । यदि तपाईंले भारी तौल उचाल्ने व्यायाम गर्नुभयो भने, तपाईंका मांसपेशीहरू ठूला देखिन्छन्, तर तिनमा लचिलोपन हुँदैन । तपाईंले ठूला–ठूला मांसपेशीका गाँठागुँठी भएका मानिसहरूलाई ध्यान दिन सक्नुहुन्छ, उनीहरू राम्रोसँग नमस्कार गर्न सक्दैनन् ! उनीहरू निहुरिन समेत सक्दैनन् । यदि तपाईं राम्रो देखिनको लागि ठूला मांसपेशीहरू चाहनुहुन्छ भने, अचेल त्यसको लागि सजिलो तरिकाहरू छन् । तपाईं पाखुरा (बाइसेप्स) प्रत्यारोपण गराउन सक्नुहुन्छ । सिलिकन स्तन बढाउन मात्रै प्रयोग हुँदैन— यसलाई पाखुरा वा पिँडौलाको मासुमा वा अन्यत्र…
Read More
ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

जाजरकोट : नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे । नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।
Read More
‘प्रधानन्यायाधीश जबराले सर्त तोडे’

‘प्रधानन्यायाधीश जबराले सर्त तोडे’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव ल्याएपछि बन्दीका मुद्दा हेर्न मन्जुर भएका न्यायाधीशले मंगलबार फेरि इजलास बहिष्कार गरेका छन्। प्रधानन्यायाधीशले सर्त तोडेको आरोप उनीहरूले लगाएका छन्। सम्मानजक बहिर्गमनको प्रस्ताव स्विकार्दै बन्दीका मात्र मुद्दा हेर्ने सर्त राखेका न्यायाधीश अन्य मुद्दाको पनि पेसी तोकिएको भन्दै इजलास नगएका हुन्। सोमबार बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने भद्र सहमति भएको तर मंगलबार अन्य विषयका मुद्दाको पनि पेसी तोकिएको आरोप उनीहरूले लगाएका छन्। ‘आज बेन्च बसिएन। हिजोको भद्र सहमतिविपरीत बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पनि राखिएकाले इजलास गएनौं’,एक न्यायाधीशले भने, ‘ग्रेसफुल एक्जिटको प्रस्ताव आएपछि हामीले बन्दीका मात्र मुद्दा हेर्ने सहमति जनाएका थियौं।’ मंगलबार प्रधानन्यायाधीश जबराले ६…
Read More
आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढाल्ने धम्की नदिए हुन्छ : गृहमन्त्री खाँण

आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढाल्ने धम्की नदिए हुन्छ : गृहमन्त्री खाँण

पाँचथर । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् । पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन् । विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गरे । “हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ”, उनले भने । वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग…
Read More
बलिउड बादशाह शाहरुख खानको कुल सम्पत्ति कति छ ?

बलिउड बादशाह शाहरुख खानको कुल सम्पत्ति कति छ ?

एजेन्सी । बलिउड बादशाह शाहरुख खान ५६ वर्ष पुगेका छन्। ठूलो संघर्ष गरेर बलिउडमा उदाएका शाहरुखका विश्वभर प्रशंसकहरु छन्। उनी दिल्लीका एक मध्यमवर्गीय परिवारका युवक थिए। उनको आर्थिक अवस्था यति दयनीय थियो कि परिवारसँग फिल्म हेर्न लैजानका लागि पैसा थिएन। शाहरुख १५ वर्षको हुँदा उनका बाबुको मृत्यु भयो। त्यसपछि उनले आफ्नो खर्च जुटाउनका लागि सानो–तिनो काम गर्न थाले। उनी कन्सर्टहरुमा सिट मिलाइदिने काम गर्दथे। यसका लागि उनलाई ५० रुपैयाँ मिल्थ्यो। संघर्षका दिनमा धेरैपटक आफू दिल्लीका गल्लीहरुमा सुतेको शाहरुखले बताएका छन्। अभिनयमा स्थापित हुने अभिलाषाका साथ उनी दिल्लीबाट मुम्बई आएका थिए। १९९१ मा आमाको मृत्यु हुँदासम्म शाहरुखले टिभी सिरियलहरुमा काम गर्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.