प्रचण्डले दिएको पूनरावलोकन निवेदनको सुनुवाई प्रधानन्यायाधीशको इजलाशमा

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा सुनुवाइ हुने भएको छ ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता बदर गरी एकता अघिकै अवस्थामा एमाले र माओवादी केन्द्र अलग अलग बनाउने सर्वोच्च अदालतको फैसलाविरूद्ध दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हो ।

    उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाइ गर्ने भएको छ । मुद्दाको सुनुवाई प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले गर्नेछन् ।

    उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय आज बस्ने इजलाशले गर्ने जनाईएको छ ।

    Facebook Comments