काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बस्ने भएको छ ।
बैठक आज अपराह्न ३ बजे बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बस्ने भएको हो । बैठक भर्चुअल रूपमा बस्ने तय भएको छ ।
मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्ने कार्यक्रम रहेको छ । उनीसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहने जनाएको छ ।
बैठकले भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Facebook Comments