सुनको मुल्य फेरी बढ्यो, यस्तो छ आजको भाउ ?

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ९०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ८६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मुल्य प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ११ सय ९५ मा कारोबार भएको चाँदी आज भने रु १२ सय १० रुपैयाँमा खरिदबिक्रि भएको छ ।

Facebook Comments