नेपाली सेनाका सुरक्षाकर्मीलाइ पनि काेराेना संक्रमण

काठमाडाैँ । पछिल्लाे समय तराइ क्षेत्रमा काेराेना संक्रमितकाे संख्या दिनदिनै बढ्न थालेपछि त्यसकाे चपेटामा सुरक्षकर्मीहरू पनि पर्न थालेका छन्। साेही क्रमामा शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ।

उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्।

साेही क्रमामा जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानलाई पनि कोरोना भाइरसको संक्रमणकाे पुष्टि भएकाे बाराका एसपी कृष्ण पंगेनीले बताए।

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने कपिलवस्तुमा नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई तथा अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असईमा कोरोना भाइरसकाे संक्रमण देखिएकाे थियाे। नेपालमा काेरोना संक्रमितको संख्या २७८ पुगेको छ । ३६ जना भने निको भएका छन्।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.