धुलिखेल अस्पतालमा सुत्केरीको मृत्युको विषयमा थप अध्ययन हुँदै : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्करीको मृत्युको कारणका विषयमा मन्त्रालयले आवश्यक अध्ययन गरीरहेको जानकारी दिएको छ।
अस्पतालमा उपचारका लागि ल्याइएकी सुत्केरीको शुक्रबार राती मृत्यु भएको थियो। श्वासप्रस्वासमा समस्या आएकी उनको मृत्यु कोरोनाका कारण भएको भन्दै हल्ला चलेको थियो। तर मन्त्रालयले कोरोनाका कारण उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा थप परीक्षण गरिरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयको नियिमत कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा देवकोटाले सुत्केरीको मृत्युका विषयमा मन्त्रालयले आवश्यक परीक्षण गरिरहेको जानकारी दिएका हुन्।

उनका अनुसार धुलिखेल अस्पतालमा मृत्यु भएकी ती सुत्केरीले गत वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन्। उनी २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन्। तर श्वासप्रस्वासमा समस्या आएपछि उनलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो।

समस्या जटिल भएपछि उनलाई धुलिखेल ल्याइएको थियो। तर उनको अस्पताल पुग्नै लाग्दा मृत्यु भएको बताइएको छ। उनको कोरोना परीक्षणका लागि स्वाब संकलनको काम भइसकेको र परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए।

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित