पारि फसेका दार्चुलाबासीलाई नेपाल भारत मैत्री संस्थाको सहयाेग

काटमाडाैँ। दार्चुला जिल्लाको नौगाड गाउँपालिका पारि फसेका नेपाली नागरिकलाई भारतका नेपाली आप्रवासीहरूले आर्थिक सहयाेग गरेका छन्।

भारतका नेपाली आप्रवासीहरूले दार्चुला स्थित रमेश भट्ट, उमेश केसीलाई नेपाल भारत मैत्री संघ मार्फत राहत प्रबन्ध गर्नकाे ब्यवस्था मिलाएकाेमा आभार व्यक्त गरेका छन्।

भारतका नेपाली आप्रवासीहरूले २० हजार भारू रूपैयाँ सहयाेग गरेका छन्।

लकडाउनका कारण दैनिकी गुजारा चलाउन समस्या परेकाे बेला भारतका नेपाली आप्रवासीहरूले सहयाेग गरेर ठुलाे भाेकमरीबाट बचाएकाे नौगाड गाउँपालिकाका स्थानीयहरू बताउछन्।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.