‘गौर हत्याकाण्ड’का पीडित काठमाडौंमा, न्याय माग्दै पुगे प्रधानमन्त्री कार्यालय
काठमाडाैँ । गौर 'हत्याकाण्ड'का पीडितहरू न्याय माग्दै काठमाडाैँ आएका छन्। पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग पुगेका हुन् साेही क्रममा पीडितहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त 'गाैर हत्याकाण्ड'काे विषयमा ज्ञापन पत्र बुझाएका छन्। गाैर हत्याकाण्ड संघर्ष समितिका संयाेजक रूपसागर उपाध्यायकाे नेतृत्वमा १३ जना पीडितहरूले संयुक्त रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा न्यायका लागि ज्ञापन पत्र बुझाएका हुन्। अमानवीय र विभत्सव हत्या गर्ने गाैर हत्याकाण्डका हत्यारा अपराधीहरूलाई वर्षाैसम्म पनि अनुसन्धानकाे दायरामा ल्याइ कारवाही नगर्नाले हामी पीडितहरूकाे आँखा अगाडि नै अपराधीहरू खुलेआम घुमी रहेकाे देख्नु पर्दा हामीलाई अझ पीडा बाेध हुने गरेकाे बुझाइएकाे ज्ञापन पत्रमा उल्लेख छ। त्यस्तै गरी न्यायका लागि पीडितहरूले राष्ट्रिय…