कोरोना खोपः फागुन २३ गतेबाट ज्येष्ठ नागरिकलाई लगाइने

काठमाडौं । सरकारले फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ।

बुधबार कोरोना अध्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २३ गतेबाट ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने बताएका हु्न् ।

माघ १४ गतेदेखि सञ्चालन भएको कोभिड खोप अभियान अन्तर्गत फागुन ४ गते मंगलबारसम्म दुई लाख ६३ हजार चार सय ८६ जनाले खोप लगाएको गौतमले बताए।

भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप अहिले प्रयोग भइरहेको छ। सरकारले भारतसँगै ४ डलर दरमा थप २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.