उखु किसानद्वारा काठमाडाैंकाे माइतीघरमा प्रदर्शन
काठमाडौं । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् । उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्तर्गत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो व्यथा सुनाउने किसानको तयारी छ । माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । सरकारले किसानसँग गरेको पटक–पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यौता प्राप्त गर्नुपर्ने भए पनि एक वर्षमा कुनै प्रगति नभएको उनीहरुको गुनासो छ । सरकारी…