‘धौलागिरिको चिसो हावा सिंहदरबार पठाउँछौं, पीसीआर पठाइदेउ’
बागलुङ । सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा उदासीन बनेको भन्दै बागलुङका युवाहरू आइतबार विरोधमा उत्रिएका छन् । कोरोना संकटका बीच विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले संयमित र सिर्जनशिल विरोधको शैली अपनाएका छन् ।
उनीहरुले बागलुङ बजारको लोकतान्त्रिक चोकमा सामाजिक दूरी कायम गर्दै सरकारलाई खबरदारी गर्ने वजिभिन्न प्ले कार्डसहित प्रर्दशन गरेका थिए । देशमा कोरोना भाइरस (कोभिड—१९) को नियन्त्रणका लागि ८० दिनभन्दा बढी लकडाउन गर्दा पनि यसबीचमा सरकारले आवश्यक तयारी नगरेको र संक्रमण दैनिक फैलिदो क्रममा भएकाले सरकारलाई खबरदारी स्वरुप स्वतन्त्र रुपमा प्रर्दशन गरिएको सुमन जिसीले बताए ।
मध्यान्हको टण्टलापुर चर्को घामका बाबजुद युवाले 'धौलागिरीको चिसो हावा सिहंदरबार पठाइदिन्छौँ, पीसीआर मेसिन धौलागिरी पठाउदेऊ', 'त्रास के को ? कोरोनाको कि सरकारको लापरवाहीको ?', 'बाँचुन्जेल लाठीचार्ज हाहाकार मरेपछि पिसी...




