क्वारेन्टाइनबाट घर पुगेकी युवतीले गरिन् आत्महत्या, पीसीआर ‘पोजेटिभ’
काठमाडौं । सुर्खेतमा क्वारेन्टाइनबाट घर पुगेकी एक युवतीले आत्महत्या गरेकी छन्। घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ की २५ वर्षीया युवतीमा कोरोना भाइरसकाे समेत संक्रमण पुष्टि भएको छ । युवती गत जेठ १२ गते श्रीमान् र ३ वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । क्वारेन्टाइनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले बताए । आरडीटी नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको उनले बताए । असार १ गते आत्महत्या गरेकी ती महिलाको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोस्टमार्टम…