पाकिस्तान सेनाबिरुद्ध बलोचिस्तानमा प्रदर्शन

एजेन्बसी । बलुचिस्तानको ब्राब्चाहमा बुधवार हिंसात्मक प्रदर्शन भएपछि पाकिस्तानी सुरक्षा बल सीमा जाँच चौकी छाडन् बाध्य भएको स्थानीय संचार माध्यमले जनाएका छन् ।

बलूचिस्तान पोस्टका अनुसार हजारौं प्रदर्शनकारीहरूले पाकिस्तानी सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि सुरक्षाकर्मीहरु आफ्नो सीमा चौकी छोड्न बाध्य भए।

आन्दोलनकारीहरूले सैन्य प्रतिष्ठानको भवनमा पूर्ण रूपमा क्षति पुर्याएका छन्। केही दिन पहिले पाकिस्तानी सेना समर्थित अपराधीहरूले टर्बट सहरमा एक चार बर्षीय बालकको आमाको गोली हानी हत्या गरिएको बिरोधमा न्यायको माग गर्दै बलूचिस्तानमा प्रदर्शन भएको थियो।

न्यायको मांग गर्दै विश्वभरका बलाेचहरुले समाजिक सञ्जालमा अनलाइन अभियान # जस्टिस फोरम ब्रानश शुरू गरेर विरोध जनाएका छन्।

बलोच रिपब्लिकन पार्टी (बीआरपी) ले गत महिना भएको तुर्बट घटनालाई लिएर पाकिस्तानी सेनाको आलोचना गरेको छ र यसलाई बलुचिस्तानमा पाकिस्तानी सशस्त्र सेनाको नरसंहारको निरन्तरता रहेको बताएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.