मनोरञ्जन

एकता कपुरलाई बलात्कारको धम्की

एकता कपुरलाई बलात्कारको धम्की

एजेन्सी । चर्चित भारतीय चलचित्र निर्मात्री एवं निर्देशक एकता कपुरलाई बलात्कारको धम्की आएको भारतीय सञ्चारमाध्यममा खबर आएको छ । वेब सिरिज ‘त्रिपल-अनसेन्सर्ड’ सेनालाई अपमान गरेको भन्दै उनलाई सो धम्की दिइएको हो । अल्ट बालाजीसँग मिलेर उनले निर्माण गरेको वेब सिरिजको एक दृश्यमा सेनालाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।
Read More
सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर

सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर

एजेन्सी । बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध फौजदारी मुद्दा दायर भएकाे छ। टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ। बुधबार वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ। ओझाले दायर गरेको…
Read More
टिकटकमा छोरीहरुसँग पूर्व युवराज्ञी हिमानी शाहको नृत्य भाइरल (भिडियोसहित)

टिकटकमा छोरीहरुसँग पूर्व युवराज्ञी हिमानी शाहको नृत्य भाइरल (भिडियोसहित)

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहको एउटा छोटो नृत्य भएको भिडियो भाइरल भएको छ । सामाजिक सञ्जाल ‘टिकटक’मार्फत उनकी जेठी छोरी पूर्णिका शाहले बहिनी र आमासँगको यो नृत्यको भिडियो सार्वजनिक गरेकी हुन् । हिमानीका छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटकका भिडियोमा अभिनय गर्दै उनी देखिएकी हुन्। उनी छोरीहरुसँग टिकटकमा नृत्य गरिरहेको देख्न सकिन्छ। छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी हिमानी शाह लकडाउनका कारण अहिले उतै अड्किएकी छन्। पछिल्लो समय सामाजिक सञ्जाल टिकटक धेरैले प्रयोग गर्न थालेका छन्। लकडाउनको समयमा पुराना हस्ती कलाकारहरु पनि टिकटकमा देखिएका छन्। वरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, गौरी मल्ल लगायत धेरैलाई टिकटकमा अभिनय गर्दै…
Read More
प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गरेका हुन् । राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ । एल्बममा प्रधानमन्त्री ओलीले रचना गरेकाे गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् । त्यस्तै पौडेलले रचना गरेकाे ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुशी जनता नाँचेको’ गीतमा बद्री पङ्गेनी र मेलिना राईले आवाज…
Read More
चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं । चलचित्र निर्देशक, निर्माता एवं गीतकार दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। तत्कालीन अध्यक्ष केशव भट्टराईको अचानक निधन भएपछि रिक्त रहेको पदमा सरकारले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो। बोर्ड अध्यक्षका लागि १० जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए। तीमध्ये दाहाल, अभिनेता भुवन केसी र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम मन्त्रिपरिषदमा पुगेको थियो। तीमध्ये बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्‍याउँदै नियुक्त गर्ने निर्णय गरेको हो।
Read More
नाच्दै, गाउँदै तनाव भगाउँदै

नाच्दै, गाउँदै तनाव भगाउँदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् । नगरपालिकाले क्वारेन्टिनमा रहेकालाई तनाव व्यवस्थापनका लागि योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको छ । आयुर्वेद शाखाले क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउन योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । क्वारेन्टिनमा बस्दा मानसिक र शारीरिकरूपमा सन्तुलन कायम गर्नका लागि योग प्रशिक्षण गराउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टिनमा बस्दै आएकालाई हरेक दिन गरिने योगाभ्यास, आध्यात्मिक, व्यक्तित्व विकास र…
Read More
अन्तत: नेपाल आइन् मनिषा काेइराला

अन्तत: नेपाल आइन् मनिषा काेइराला

काठमाडाैँ । नायिका मनिषा कोइराला नेपाल आएकी छिन् । उनी, मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल भित्रिएकी हुन् । सीमानामा आइपुगेपछि उनर्लाइ नेपाली सेनाको टोलीले पिकअप गरेको थियो । सीमामा मनिषा र उनको परिवार लामो समय रोकिएन । बेलहिया नाकाबाट आएका उनीहरु होटलमा क्वारेन्टाइनमा बस्नेछन् । नायिका मनिषा कोइराला एक ट्विटका कारण भारतीय मिडियाको निशानामा परेकी थिइन् । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गर्दै नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय गरेपछि मनिषाले गरेको एक ट्विट भारतीय संचारमाध्यमको निशानामा परेको थिया । मनिषाले अब यो मुद्दालाई नेपाल, भारत र चीन मिलेर सुल्झाउनुपर्ने बताएकी थिइन् । यसपछि, भारतीय संचारमाध्यमले उनको ट्विटलाई लिएर…
Read More
अक्षयले बहिनीलाई कोरोनाबाट जोगाउन चाले यस्ताे कदम

अक्षयले बहिनीलाई कोरोनाबाट जोगाउन चाले यस्ताे कदम

एजेन्सी । बलिउड नायक अक्षय कुमारले आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउन पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ । कोरोना भाइरसको क्रममा अक्षय कुमार कुनै चुनौती मोल्न चाहँदैनथे तसर्थ उनले पूरा फ्लाइट नै बुक गरिदिए । मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा चारजना मात्रै सवार भएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ । यसमा अल्का भाटियो, उनका दुई सन्तान र उनकी सहयोगी समावेश छन् । यसअघि उनले अन्य धेरैलाइ पनि मद्दत गरिसकेका छन् । उनले बहिनीलाइ कोरोना भाइरसको संक्रमणबाट टाडा राख्नका…
Read More
मनिषा कोइरालाको अर्काे रि–ट्विट : म टनकपुर सन्धि सम्झिँदैछु

मनिषा कोइरालाको अर्काे रि–ट्विट : म टनकपुर सन्धि सम्झिँदैछु

काठमाडाैं । अभिनेत्री मनिषा कोइरालाले एमसीसी सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदमा विचाराधीन रहेको बेला पक्ष/विपक्षमा बहस भइरहेको छ । यसैबीच अभिनेत्री कोइरालाले सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् । साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको एमसीसी सम्बन्धी ट्विटलाई रि–ट्विट गर्दै मनिषाले लेखेकी छन्, ‘हामीले ध्यानपूर्वक पढ्नुपर्दछ । विगतमा हामीले गल्ती गरेका छौं । विश्वास छ, हामीले विगतका गल्तीहरूबाट पाठ सिक्छौं । मलाई टनकपुर सन्धिको समयको सम्झना आउँछ ।’ https://twitter.com/mkoirala/status/1266610508087660547?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1266610508087660547&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F109301%2F2020%2F5%2F30%2Fmanisha-mcc%3Ffbclid%3DIwAR0b3VACXEdLPFv_JqwlzLU7Pm6tzzrUgf1vsbqlgLDMh3EwmD1g2NEJO34
Read More
के आलियाले नवाजुद्दिनसँग डिभोर्सका लागि ३० करोड मागेकी हुन् ?

के आलियाले नवाजुद्दिनसँग डिभोर्सका लागि ३० करोड मागेकी हुन् ?

एजेन्सी । बलिउड नायक नवाजुद्दिन सिद्धिकी घरयासी समस्यामा रुमल्लिएका छन् । नवाजुद्दिनकी श्रीमति आलिया सिद्धिकीले उनीसँग डिभोर्सका लागि ३० करोड रुपैयाँ र फ्ल्याट डिमाण्ड गरेको खबर फैलिएको थियो । यस्तै, उनले आफ्ना २ सन्तानका लागि २० करोड रकम समेत माग गरेको खबर सार्वजनिक भएको थियो । तर, यी सबै खबर झुटो रहेको आलियाले ट्विट मार्फत बताएकी छिन् । ट्विटमा आलिया लेख्छिन्–‘केही मिडियाकर्मीले मेरा वकिललाई फोन गरेर मैले दाबी गरेको फाइलको कपि पाएको बताउनुभएको छ । तर, ती सबै झुटा हुन् । यसको पछाडि को छ ? यो पक्कै पनि कुनै एक व्यक्तिलाई बचाउनका लागि गरिएको फन्डा मात्र हो । चाडै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.