नायिका साम्राज्ञीविरुद्ध भुवन केसीले दिए उजुरी
काठमाडौँ — कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग पनि गरेका छन् । साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्नामी भएको भुवनले दाबी गरेका छन् । 'आजभन्दा ५/६ वर्षअगाडि निर्माण गरेको चलचित्र 'ड्रिम्स'मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,' उनको उजुरीमा लेखिएको छ । बिहीबार नै केसीले फेसुबकमा स्टाटस…