नायिका साम्राज्ञीकाे खुलासा: यी फिल्ममा काम गर्दा दुर्व्यवहार सहनु पर्याे( भिडियाेसहित)

काठमाडौं – निर्माता तथा अभिनेता भुवन केसीले सामाजिक सञ्जाल फेसबूकमार्फत नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।

साम्राज्ञीले ३ दिनअघि इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ३ वटा फिल्ममा काम गर्दा नमिठो अनुभव भोगेको र आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन्

साम्राज्ञीेले पटकपटक फिल्ममा अभिनय गर्ने क्रममा मेकरले नराम्रो व्यवहार गरेको प्रतिक्रिया दिएकी थिइन् । चलचित्र ‘ड्रिम्स’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी साम्राज्ञीले आफूले यो फिल्ममा काम गर्दा नमीठो व्यवहार भोगेकाे बताइन् ।

यसैबीच अभिनेता भुवन केसीले सामाजिक सञ्जालमार्फत ‘जुन थालमा खायो, उही थालमा दुलो पार्ने’ भन्दै टिप्पणी गरेका छन् ।

‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्?, जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने?,’ साम्राज्ञीलाई लक्षित गरी लेखिएको स्टाटसमा भुवनले भनेका छन्, ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि ।’

https://www.instagram.com/tv/CB41ZbwnEG4/?utm_source=ig_embed

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.